काठमाडौं–सांघाई सिधा उडान फेरि सुरु, पर्यटन र व्यापारलाई टेवा

काठमाडौं–सांघाई सिधा उडान फेरि सुरु, पर्यटन र व्यापारलाई टेवा

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • images

    काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं सिधा उडान पुनः सुरु गर्ने भएको छ। कम्पनीले आगामी सेप्टेम्बर २८ अर्थात् असोज १२ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित उडान सुरु गर्न लागेको हो।

    सिधा उडान सुरु भएपछि नेपाल र चीनबीचको हवाई सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी चीनबाट नेपाल आउने पर्यटक, व्यवसायी तथा व्यापारिक यात्रुका लागि यसले यात्रा सहज बनाउनेछ।

    हिमालय एयरलाइन्सले सुरुमा सातामा दुईवटा उडान गर्नेछ। काठमाडौं–सांघाई उडान सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार हुनेछ। यात्रुको माग बढेमा भविष्यमा उडान संख्या थप गर्ने कम्पनीले जनाएको छ। 

    नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुने समयमा यो रुट पुनः सञ्चालन हुन लागेको हो। प्रत्यक्ष हवाई सम्पर्क बढ्दा चीनबाट नेपाल आउने पर्यटकको संख्या बढ्न सक्ने र त्यसको प्रभाव होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यवसायमा देखिन सक्ने कम्पनीको अपेक्षा छ।

    यसको अर्को महत्वपूर्ण पक्ष व्यापार हो। सांघाई चीनको प्रमुख व्यापारिक तथा वित्तीय केन्द्र भएकाले सिधा उडानले नेपाल–चीनबीचको व्यावसायिक आवतजावतलाई समेत सहज बनाउन सक्छ।

    हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई उडानले नेपाल र चीनबीच व्यापार, पर्यटन र जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताएका छन्।

    सिधा उडान भनेको केवल यात्रुको सुविधा मात्र होइन, विदेशी पर्यटक ल्याउने, पर्यटन व्यवसाय चलायमान बनाउने र हवाई यातायातसँग जोडिएका विभिन्न क्षेत्रमा आर्थिक गतिविधि बढाउने माध्यम पनि हो। अब यो रुटले यात्रु तथा व्यापारिक माग कति तान्छ भन्ने मुख्य विषय हुनेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend