सीजीको दशैँ-तिहार अफर : लक्की ड्रमार्फत भियतनामदेखि मेघौली सेराईसम्मको उपहार

सीजीको दशैँ-तिहार अफर : लक्की ड्रमार्फत भियतनामदेखि मेघौली सेराईसम्मको उपहार

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • images

    काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले दशैँ र तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

    सीजीले आफ्नो वार्षिक अभियान ‘एक्सपिरियन्स लाइफ विथ सीजी’अन्तर्गत स्मार्ट घरायसी उपकरणका लागि ‘भरोसा नेपालीको, उत्सव दशैँ, तिहारको’ योजना ल्याएको हो।

    योजनाअन्तर्गत सीजी तथा सीजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत विभिन्न उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।

    योजनाको बम्पर उपहारअन्तर्गत विजेताले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमणमध्ये एक जित्ने अवसर पाउनेछन्।

    त्यस्तै, प्रत्येक १५ दिनमा हुने लक्की ड्रमार्फत विजेताले कुनै पनि पाँचवटा उपकरणको बन्डल जित्न सक्ने कम्पनीले जनाएको छ।

    योजनामा सहभागी हुन सीजीका स्मार्ट घरायसी उपकरण खरिद गरेपछि उपलब्ध क्यूआर कोड स्क्यान गरी लक्की ड्रका लागि दर्ता गर्न सकिने कम्पनीले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend