भोटेकोशी बाढी : पुनर्स्थापना अघि बढाउने सरकारको निर्णय

भोटेकोशी बाढी : पुनर्स्थापना अघि बढाउने सरकारको निर्णय

बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • images

    काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट विस्थापित परिवारको अस्थायी आवास, पुनर्निर्माण र स्थायी पुनर्स्थापनाको काम अघि बढाउने निर्णय गरेको छ।

    गृह मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले खोज तथा उद्धारको चरणसँगै प्रभावितको पुनर्स्थापनामा स्रोतसाधन केन्द्रित गर्ने निर्णय गरेको हो।

    बैठकले सुरक्षित स्थान पहिचान गरी विकास साझेदारको सहयोगमा अस्थायी आवास निर्माण अघि बढाउने निर्णय गरेको छ। हाल सात स्थानीय तहका २७८ परिवारले तत्काल अस्थायी सेल्टर मागेका छन्। यस्तै गोसाइँकुण्डका ४०० र उत्तरगया तथा अन्य पालिकाका ३५० विस्थापित परिवार नुवाकोटको विदुरमा आश्रय लिइरहेका छन्।

    सरकारले विस्थापित परिवारको स्थायी पुनर्स्थापनाका लागि जग्गा पहिचानसम्बन्धी प्रतिवेदनका आधारमा सुरक्षित स्थान छनोट गर्ने भएको छ।

    यससँगै लामो समयदेखि बेपत्ता नागरिकका परिवारलाई राहत दिन पनि विशेष प्रशासनिक व्यवस्था गरिने भएको छ। स्थानीय तह र जिल्ला प्रशासनबाट प्रमाणित विवरणका आधारमा विपद् प्राधिकरणले तोकेको कार्यविधिअनुसार राहत तथा अन्य प्रक्रिया अघि बढाइनेछ।

    बैठकले नियमित खोज तथा उद्धारको सट्टा अब शव तथा संरचनाको पुनःप्राप्तिमा स्रोतसाधन केन्द्रित गर्ने निर्णयसमेत गरेको छ। बाढीमा हालसम्म ५ हजार २८५ जना बेपत्ता रहेको र १ हजार ४५४ शव तथा मानव अवशेष फेला परेको सरकारले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend