३४ हजार ४९९ रुपैयाँदेखि ग्यालेक्सी ए०८ एलटिई नेपालमा, ६ वर्षसम्म सेक्युरिटी अपडेट

३४ हजार ४९९ रुपैयाँदेखि ग्यालेक्सी ए०८ एलटिई नेपालमा, ६ वर्षसम्म सेक्युरिटी अपडेट

बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • images

    काठमाडाैं।  सामसङले नयाँ ग्यालेक्सी ए०८ एलटिई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले किफायती मूल्यमा एआई फिचर, लामो समयसम्मको सफ्टवेयर सपोर्ट र बलियो सुरक्षा खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ फोन ल्याएको जनाएको छ।

    सामसङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणयरत्न स्थापितका अनुसार नयाँ ए सिरिजमार्फत थप प्रयोगकर्तासम्म एआईसहितका नयाँ प्रविधि पुर्‍याउने कम्पनीको उद्देश्य छ।

    ‘नयाँ ग्यालेक्सी ए सिरिजले थप ग्यालेक्सी प्रयोगकर्ताहरूसम्म नवीनतम् प्रविधिहरू पुर्‍याउँदै एआईको पहुँचलाई सर्वसुलभ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। सामसङका आधारभूत क्षमताहरू र उत्कृष्ट ‘असम इन्टेलिजेन्स’ को संयोजनका साथ ग्यालेक्सी ए०८ एलटिईले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्नेछ,’ उनले भने।

    ६.७ इन्च डिस्प्ले र ६ हजार एमएएच ब्याट्री

    ग्यालेक्सी ए०८ एलटिईमा ६.७ इन्चको ठूलो डिस्प्ले दिइएको छ। ८.० मिलिमिटर पातलो बडीमा आउने फोन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन रंगमा उपलब्ध हुनेछ।

    फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ। यसले लामो समयसम्म कन्टेन्ट स्ट्रिमिङ, सामाजिक सञ्जाल प्रयोग तथा गेमिङ गर्न सहज हुने कम्पनीको दाबी छ।

    ६ वर्षसम्म सुरक्षा अपडेट

    सामसङले नयाँ फोनलाई दीर्घकालीन प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको जनाएको छ। फोनमा आईपी६४ रेटिङ भएकाले धुलो, फोहोर तथा पानीका छिटाबाट सुरक्षा प्राप्त हुने कम्पनीको भनाइ छ।

    ग्यालेक्सी ए०८ एलटिईमा ६ जेनेरेसनसम्म ओएस अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउने सामसङले जनाएको छ। यसले फोनलाई लामो समयसम्म अद्यावधिक र सुरक्षित राख्ने कम्पनीको दाबी छ।

    नेपालमा ग्यालेक्सी ए०८ एलटिईको ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य ३४ हजार ४९९ रुपैयाँ तोकिएको छ। त्यस्तै ४ जीबी/१२८ जीबी भेरियन्टको मूल्य ४० हजार ९९९ रुपैयाँ र ६ जीबी/१२८ जीबी भेरियन्टको मूल्य ४७ हजार ४९९ रुपैयाँ रहेको छ।

    सामसङले फोन खरिदमा १२ महिनाको ईएमआई सुविधा पनि उपलब्ध गराएको छ। ४ जीबी/६४ जीबी मोडललाई मासिक १ हजार ७२५ रुपैयाँ, ४ जीबी/१२८ जीबीलाई २ हजार ५० रुपैयाँ र ६ जीबी/१२८ जीबीलाई २ हजार ३७५ रुपैयाँ मासिक किस्तामा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend