दसैंमा ग्यास नपाए ब्रान्ड फेरेर लिन पाइने, उपत्यकामा पाँच ठाउँमा सिलिन्डर साट्ने व्यवस्था

दसैंमा ग्यास नपाए ब्रान्ड फेरेर लिन पाइने, उपत्यकामा पाँच ठाउँमा सिलिन्डर साट्ने व्यवस्था

शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • images

    काठमाडौं। दसैंमा खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन पाइने भएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको सहमतिअनुसार घटस्थापनादेखि फूलपातीसम्म उपभोक्ताले यस्तो सुविधा पाउनेछन्।

    यो व्यवस्था लागू भएपछि आफूले प्रयोग गर्दै आएको ब्रान्डको ग्यास नपाए पनि उपभोक्ताले अर्को कम्पनीको ग्यास लिन सक्नेछन्। यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।

    नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका उपभोक्तालाई लक्षित गरी पाँच स्थानमा साझा बिक्री केन्द्र सञ्चालन गरिनेछ। उपत्यकामा बिक्री हुने सबै ब्रान्डका सिलिन्डरलाई यो व्यवस्थामा समेटिने उनले बताए।

    संघले प्रारम्भिक रूपमा उपत्यकाका पाँच स्थानमा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ।

    १. बालाजु : नेपाल ग्यासको आउटलेट
    २. सीतापाइला : एभरेस्ट, सुगमलगायतका कम्पनीका केन्द्र
    ३. सुकेधारा : बाबा ग्यासको बिक्री केन्द्र
    ४. पेप्सीकोला :सगर ग्यासको आउटलेट
    ५. हरिसिद्धि, ललितपुर : श्रीराम ग्यासको केन्द्र (सम्भावित)

    उपभोक्ताको चाप र आवश्यकताका आधारमा थप स्थानमा पनि यस्तो सुविधा विस्तार गर्न सकिने संघले जनाएको छ।

     उपभोक्तालाई शुल्क नलाग्ने, कम्पनीले पछि मिलाउने

    सिलिन्डर साट्दा उपभोक्ताले ब्रान्डअनुसारको अतिरिक्त शुल्क वा साटासाट शुल्क तिर्नुपर्ने छैन। साझा बिक्री केन्द्रमा उपभोक्ताले खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन्।

    साटासाटबाट विभिन्न कम्पनीका खाली सिलिन्डर एकै ठाउँमा जम्मा हुनेछन्। ती सिलिन्डर सम्बन्धित उद्योगहरूले पछि आपसी समन्वयमा मिलाउने भएकाले उपभोक्ताले कम्पनी खोज्दै हिँड्नुपर्ने झन्झट नहुने संघको भनाइ छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend