रसुवाको विपत्तिमा नाडाको समवेदना, अटोमोबाइल आयात प्रणालीमा गहिरो असर

रसुवाको विपत्तिमा नाडाको समवेदना, अटोमोबाइल आयात प्रणालीमा गहिरो असर

ट्याक्स खबर
मंगलवार, आषाढ २४ २०८२
ट्याक्स खबर
मंगलवार, आषाढ २४ २०८२
  • images

    काठमाडौं । रसुवामा बाढीका कारण उत्पन्न भयावह परिस्थितिप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले गहिरो समवेदना व्यक्त गर्दै संयमित रहन आग्रह गरेको छ।

    नाडाले एक सूचना जारी गर्दै बाढीले मानव जीवन संगै मुलुकको एक प्रमुख व्यापारिक नाका केरुङ–रसुवागढी मार्ग हुँदै सञ्चालन हुँदै आएको अटोमोबाइल आयात प्रणालीमा समेत गहिरो असर पारेको जनाएको छ।

    बाढीले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएको छ । 

    नाडाले बाढी प्रभावित सबै नागरिक तथा व्यवसायीप्रति समवेदना प्रकट गर्दै भनेको छ, "आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दछौं।"

    यस्ता संरचनागत क्षतिको प्रत्यक्ष असर देशको अटो आपूर्ति प्रणाली र भन्सार राजस्व संकलनमा पर्न सक्ने नाडाको चिन्ता छ।

    संघले अटोमोबाइल क्षेत्रमा आबद्ध सबै सदस्यहरूसँग ऐक्यबद्धता जनाउँदै विगतमा जस्तै हरेक कठिन समयमा साथ रहने प्रतिबद्धता दोहोर्‍याएको छ। 

    "यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं," सूचनामा भनिएको छ, "यो संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्न अनुरोध गर्दछौं।"

    नाडाले संकटको घडीमा सबैलाई जुट्न आह्वान गर्दै  थप सहयोग आवश्यक परेमा आफूहरू तयार रहेको सन्देश दिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend