एक वर्षमा १० कम्पनीले ल्याए आईपीओ र एफपीओ

एक वर्षमा १० कम्पनीले ल्याए आईपीओ र एफपीओ

मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • images

    काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा १० वटा कम्पनीले आईपीओ र एफपीओ निष्कासन गरी सेयर कारोबार सुरु गरेका छन् ।
    गत आवको भदौ २ देखि जेठ २२ गतेसम्म एफपीओ निष्कासन गर्ने कम्पनीहरूमा सूर्योदय वोमी लघुवित्त, समता घरेलु लघुवित्त, माउली लघुवित्त, विन लघुवित्त, र स्वरोजगार लघुवित्त रहेका छन् । यीमध्ये सूर्योदय वोमीले २०८१ भदौ २ गते ४६ हजार ७२९ कित्ता एफपीओ निष्कासन गरी सबैभन्दा पहिले कारोबार सुरु गरेको थियो । 
    त्यसैगरी, समता घरेलु लघुवित्तले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ, माउली लघुवित्तले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ, विन लघुवित्तले ५१ लाख २२९ कित्ता एफपीओ, र स्वरोजगार लघुवित्तले १लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरी सेयर कारोबार सुरु गरेका थिए ।
    यता, आईपीओ निष्कासन गर्ने कम्पनीहरूमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो कम्पनी, क्रेस्ट माइक्रो लाइफ, ओम मेगाश्री फर्मास्युटिकल्स, र पियोर इनर्जी रहेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ७५ लाख कित्ता आईपीओ निष्कासन गरी २०८१ माघ २४ गतेबाट कारोबार सुरु गरेको थियो ।
    यसका साथै नेपाल माइक्रो कम्पनी र क्रेस्ट माइक्रो लाइफले पनि ७५/७५ लाख कित्ता आईपीओ निष्कासन गरेका थिए भने ओम मेगाश्री फर्मास्युटिकल्सले ६० लाख कित्ता र पियोर इनर्जीले ८० लाख कित्ता आईपीओ निष्कासन गरेका थिए । यी सबै कम्पनीले तोकिएको मितिदेखि नै सेयर कारोबार सुरु गरी बजारमा प्रवेश गरेका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend