लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार साढे पाँच अर्बमा सीमित

लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार साढे पाँच अर्बमा सीमित

मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • images

    काठमाडौं– मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा आइपुगेको छ । 

    बजार बढेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब १७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार पाँच अर्ब ६३ करोडरूपैयाँको कारोबार भएको छ । 

    मंगलबार कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन् । आज सबैभन्दा बढी उत्पादनमूलक समूहमा वृद्धि भएको छ । यो समूह ०.४६ प्रतिशतले बढेको हो । 

    कारोबारमा आएका ३१६ कम्पनमध्ये १७४ वटाको मूल्य बढेको छ। एक सय २७ वटाको सेयर मूल्य घटेको छ । सान्भि हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेर सात सय २७ रूपैयाँ पुगेको छ । 

    नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९ रूपैयाँमा कारोबार भएको छ । 

    यसदिन सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ३१ करोड ७२ लाख रूपैयाँको कारोबार भएको हो ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend