नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • images

    काठमाडौं- बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घटेर २७६७.२० विन्दुमा आइपुगेको छ। लगातार दुई दिन बढेकाे बजार तेस्राे दिन बुधबार घटेकाे हाे। 

    बजार घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ। मंगलबार पाँच अर्ब ६३ करोडरूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब २० करोडको कारोबार भएको छ।  

    मंगलबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन र सामूहिक लगानी कोष मात्रै बढेका छन्।
    आज सबैभन्दा बढी होटल समूहमा २ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, ब्यापारमूलक समूह सबैभन्दा धेरै एक प्रतिशतले घटेको छ। 

    कारोबारमा आएक ३२३ कम्पनमध्ये ९५ वटाको मूल्य बढेको छ। त्यस्तै, दुई सय १६ वटाको सेयर मूल्य घटेको छ। 

    आजैबाट कारोबारमा आएको विकास हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर तीन सय २१ रूपैयाँ ३० पैसा पुगेको छ। 

    पञ्चकन्या माइ हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ९.०३ प्रतिशतले घटेर ४ सय ८ रूपैयाँमा कारोबार भएको छ। 

    यसदिन सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ। कम्पनीको २५ करोड ९ लाख रूपैयाँको कारोबार भएको हो। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend