काठमाडौं। नेपाल स्टक एक्सचेन्ज नेप्सेले डाटा सेन्टर निर्माण गर्ने भएको छ । डाटा सेन्टर निर्माणका लागि नेप्सेले फायरवाल, सर्भर र स्वीच खरिद टेन्डर आह्वान गरेको हो। नेप्सेले सूचना जारी गर्दै चार लाख धरौटीसहित टेन्डर आह्वान गरेको जनाएको छ।
नेप्सेका अनुसार सेप्टेम्बर २१ भित्र टेन्डरमा आवेदन दिन सकिने छ । आर्थिक प्रस्ताव र प्राविधिक प्रस्ताव एकैपटक पेस गर्ने भनिएको छ । आवेदन सेप्टेम्बर २१ तारिखमा हेरिने नेप्सेले जनाएको छ ।


