यी हुन् सरकारले प्रतिबन्ध लगाएका २६ सामाजिक सञ्जालहरू

यी हुन् सरकारले प्रतिबन्ध लगाएका २६ सामाजिक सञ्जालहरू

ट्याक्स खबर
शुक्रवार, भाद्र २० २०८२
ट्याक्स खबर
शुक्रवार, भाद्र २० २०८२
  • images

    काठमाडौँ। सूचीकृत नभएका सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने सरकारको निर्णय सार्वजनिक भएको छ। हिजो बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले तोकिएको समयभित्र दर्ता प्रक्रिया पूरा नगरेका प्लेटफर्मलाई निष्क्रिय पार्ने निर्णय गरेको हो।

    यस अन्तर्गत फेसबुक, युट्युब, एक्ससहित २६ वटा सञ्जाल बन्द भएका छन्। यसअघि सरकारले सामाजिक सञ्जाललाई सूचीकरणका लागि सात दिनको समय दिएको थियो।

    सो अवधि बुधबार राति १२ बजेदेखि समाप्त भइसकेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समयसीमा तोकेको थियो भने भदौ १२ गते सूचना प्रविधि मन्त्रालयले यसबारे औपचारिक सूचना जारी गरेको थियो।

    हालसम्म नेपालमा सूचीकरण पूरा गरेका सञ्जालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्र रहेका छन्। सूचीकरण हुन बाँकी २६ वटा सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाएको हो।

    यी हुन् सरकारले प्रतिबन्ध लगाएका सूचीकरण नभएका २६ सामाजिक सञ्जालहरू : 

    १. Facebook

    २. Facebook Messenger

    ३. Instagram

    ४. YouTube

    ५. WhatsApp

    ६. Twitter (X)

    ७. LinkedIn

    ८. Snapchat

    ९. Reddit

    १०. Discord

    ११. Pinterest

    १२. Signal

    १३. Threads

    १४. WeChat

    १५. Quora

    १६. Tumblr

    १७. Clubhouse

    १८. Mastodon

    १९. Rumble

    २०. MeWe

    २१. VK

    २२. Line

    २३. IMO

    २४. Zalo

    २५. Soul

    २६. Hamro Patro

    FB_IMG_1756996760200.jpg

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend