जनजीवन सहज बन्दै

दिउँसो २ बजेसम्म बैंक तथा वित्तीय संस्थाले सेवा दिने

दिउँसो २ बजेसम्म बैंक तथा वित्तीय संस्थाले सेवा दिने

बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • images

    काठमाडौं । नेपाल बैंर्क एशोसिएसनले मुलुकको पछिल्लो असामान्य परिस्थिति समान्य बनाउन बैंकिङ प्रणाली सञ्चालन गर्ने निर्णय गरेको छ । 

    जनजीवन क्रमशः सामान्य बन्दै जान थालेपछि बैंक तथा वित्तीय संस्थाले सीमित स्थानबाट आंशिक रुपमा सेवा सुचारु गर्ने निर्णय गरेको छ । 

    एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरुलाई सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्र बैंकका प्रमुख कार्यालयसहित ३ वटा शाखा खोल्न आग्रह गरेका छन् । 

    यस्तै दिउँसो २ बजेसम्म ललितपुर र भक्तपुरमा सीमित कर्मचारीसहित २/२ वटा शाखा सञ्चालन हुने छन् । शाखाभित्र हुने कारोबारलाई सीमित समयमै गर्नुपर्ने भएकाले ग्राहकलाई यसबारे सचेत रहन आग्रह गरिएको छ । 

    काठमाडौं बाहिरका शाखाहरु भने स्थानीय सुरक्षा निकायसँगको समन्वयमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । प्रत्येक जिल्लमा रहेका सुरक्षा निकायसँगको समन्वयमा बैंकले तत्कालीन परिस्थिसतका् मूल्यांकन गरेर शाखा सञ्चालन गर्न सक्ने एशोसिएसनले जनाएको छ । 

    यता, क्लियरिङ प्रक्रिया भने पुरै क्षमतामा सञ्चालन गरिने भएको छ । यसले गर्दा बैंकहरुबीच चेक कारोबार र भुक्तानी प्रणाली सहज हुने अपेक्षा गरिएको छ । 

    रेमिट्यान्स विभाग पनि विदेशी मुद्राको विनिमयका लागि सीमित समयका लागि खोलिने बताइउको छ । सार्वजनिक सेवा प्रवाह अवरोध नहोस् भन्ने उद्देश्यले एटीएम सेवा निरन्तर चलाइने छ । 

    एशोसिएसनले डिजिटल कारोबार पनि निर्वाध रुपमा सञ्चालन गर्न बैंकहरुर्लाइ निर्देशन दिएको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी सेवा र इसेवालगायतका डिजिटल प्रणाली अझै मजबुद बनाउन भनिएको छ ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend