यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • images

    काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । 

    अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७० पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा तोकिएको छ । 

    यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । 

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend