उद्योगी व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा सरकारको राजस्व गुम्ने खतरा : ढकाल

उद्योगी व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा सरकारको राजस्व गुम्ने खतरा : ढकाल

ट्याक्स खबर
आइतवार, आश्विन ५ २०८२
ट्याक्स खबर
आइतवार, आश्विन ५ २०८२
  • images

    काठमाण्डौं । उद्योगी व्यवसायीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा सरकारको राजस्व समते गुम्ने सम्भावना देखिएकाे छ। यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन आग्रह गरेका छन्। भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा आागजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको निरिक्षण गर्दै उनले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको र सरकारकाे राजश्व समेत गुम्न सक्ने भन्दै सरोकारवाला सबैलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

    उनले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यीक्तको निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन र रोजगारीमा असर परेको बता‌ए। नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालकाे भनाइ छ।

    ढकालले आन्दाेलनकाे प्रभावका कारण सरकारको राजस्व समेत गुम्ने अवस्था आएको बताउँदै निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत भन्दा बढि योगदान दिएको स्मरण गराए। यस्ताे अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने ढकालकाे माग छ।

    उनले भने “नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु।” ढकालले नेपालका वैदेशिक लगानी भित्र्याउन तथा आन्तरिक लगानी प्रर्वद्धन गर्न महासंघले निरन्तर पहल गरेपनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राखे ।

    महासंघका अध्यक्ष ढकाल सहित उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ कोषाध्यक्ष भरतराज आचार्य र केन्द्रीय सदस्यहरु सैलेन्द्र गुरागाई, डा.राशरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठ लगायतले क्षतिग्रस्त संरचनाहरुको निरिक्षण गर्दै आगजनीबाट भएको क्षतिबारे जानकारी लिएका थिए।

    महासंघले यसअघि अर्थमन्त्री तथा गृहमन्त्रीसंग भेट गरेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेकोले सो को प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्ती माथी भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । महासंघले निजी क्षेत्रको संरक्षण, सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गर्दै आएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend