काठमाडौं। चालू आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा सरकारले सुनको आयातबाट १ अर्ब २ करोड रुपैँया बढी राजश्व सङ्कलन गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत साउन,भदौ र असोज महिनामा भएको ६०१ किलो सुन आयातबाट १ अर्ब २ करोड ५३ लाख रुपैँया राजस्व सङ्कलन भएको हो।
विभागको तथ्याङ्कले सुनको आयात बढेको देखाएको छ। चालु आवको तीन महिनाको अवधिमा ६०१ किलो सुन आयात भएको गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने जम्मा १०० केजी सुन आयात भएको विभागको तथ्यांक छ।
सरकारले १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको सुन आयात गरेको छ। गत आर्थिक वर्षको तीन महिनामा १ अर्ब ४ करोड ३२ लाख रुपैयाँको १०० किलो सुन आयात भएको थियो। वाणिज्य बैंकले आयात गरेको काँचो सुन व्यवसायीले खरिद गर्ने गरेका छन्। गत असोजमा राष्ट्र बैंकले सुनको आयात कोटा दैनिक ५ किलो बढाएको थियो।


