जेनजी आन्दोलनका बावजुद ३ महिनामा थपिए पौने २ लाख नयाँ करदाता

जेनजी आन्दोलनका बावजुद ३ महिनामा थपिए पौने २ लाख नयाँ करदाता

ट्याक्स खबर
सोमवार, कार्तिक १७ २०८२
ट्याक्स खबर
सोमवार, कार्तिक १७ २०८२
  • images

    काठमाडौं । गत महिना भएको जेनजी आन्दोलनले देश तहसनहस हुँदा पनि चालु आर्थिक वर्षको पहिलो ३ महिनामा पौने दुई लाख भन्दा बढी नयाँ करदाता थपिएका छन् ।

    अर्थमन्त्रालयका अनुसार साउनदेखि असोजसम्ममा १ लख ७८ हजार भन्दा बढी नयाँ प्यान नम्बर जारी भएका छन् ।

    पछिल्लो ३ महिनाको अवधिमा सबैभन्दा धेरै व्यक्तिगत प्यान नम्बर लिनेको संख्या १ लाख ४३ हजार ७४४ रहेको छ । यो संगै व्यक्तिगत प्यान नम्बर लिने करदाताको संख्या ५० लाख ४६ हजार ४६६ पुगेको छ ।

    सोही अवधिमा व्यावसायिक प्यान नम्बर लिनेको संख्या २७ हजार ९५३ रहेको पनि अर्थमन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म व्यावसायिक प्यान नम्बर लिने करदाताको संया २० लाख ६० हजार ७५८ पुगेको छ ।

    सोही अवधिमा भ्याटमा दर्ता हुने व्यवसाय भने ६ हजार ७७० रहेको छ । हालसम्म भ्याटमा दर्ता भएका व्यवसायको संख्या ३ लाख ५८ हजार ५०५ पुगेको छ ।

    त्यस्तै अन्त शुल्कमा दर्ता हुने करदाताको संख्या ३ हजारले बढेको छ । हालसम्म अन्तशुल्कमा दर्ता हुने व्यवसायको संख्या १ लाख २८ हजार पुगेको मन्त्रालयले जनाएको छ ।

    व्यवसायको प्रकृति र कतिपयको कारोबार रकमका आधारमा प्यान वा भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

    जेनजी आन्दोलनपछि पछिल्लो डेढ दुई महिनासम्म व्यावसायिक वातावरण बिग्रेको, व्यवसायीको मनोबल खस्केको र धेरै जनाले रोजगारी गुमाएको अवस्थामा पनि पौने दुई लाख नयाँ करदाता थपिनु सकारात्मक कुरा भएको व्यवसायीहरुले बताएका छन् ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend