सवारी कार्वाहिबाट असोजमा रु ३ करोड १३ लाख बढी राजस्व संकलन

सवारी कार्वाहिबाट असोजमा रु ३ करोड १३ लाख बढी राजस्व संकलन

ट्याक्स खबर
मंगलवार, कार्तिक १८ २०८२
ट्याक्स खबर
मंगलवार, कार्तिक १८ २०८२
  • images

    काठमाडौं । गत असोज महिनामा देशभर सवारी कार्बाहिबाट ३ करोड १३ लाख ३ हजार ५०७ रुपैयाँ राजस्व संकलन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो रकम जरिवाना बापत संकलन गरिएको हो। जरिवाना ३३ हजार २२६ सवारी साधनबाट उठाइएको जनाएको छ।

    असोज महिनामा सवारी दुर्घटनाबाट २४६ जनाको मृत्यु भएको छ भने ८८८ जना गम्भीर घाइते र ८,०३० जना सामान्य घाइतेभएका छन्। प्रहरी प्रधान कार्यालयको विवरण अनुसार गत असोजमा कुल २ हजार ७५७  ले सवारी दुर्घटना घटेका थिए।

    प्रहरीले जरिवाना रकमले राजस्व संकलनमा सहयोग पुर्‍याए पनि सडक सुरक्षा अझै चुनौतीपूर्ण रहेकाले चालकहरूलाई नियम पालनामा कडा चेतावनी दिइरहेको छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend