कालोसूचीमा रहेकासँग कारोबार गरेको भन्दै कुमारी र प्राइम बैंक राष्ट्र बैंकको कारवाहीमा

कालोसूचीमा रहेकासँग कारोबार गरेको भन्दै कुमारी र प्राइम बैंक राष्ट्र बैंकको कारवाहीमा

ट्याक्स खबर
सोमवार, कार्तिक २४ २०८२
ट्याक्स खबर
सोमवार, कार्तिक २४ २०८२
  • images

    काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकिङ नियम उल्लङ्घन गरेको भन्दै कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई सचेत गराएको छ। केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै दुवै बैंकमाथि कारबाही गरिएको जनाएको हो।

    राष्ट्र बैंकका अनुसार कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्ति वा संस्थासँग कारोबार नगर्नुपर्ने प्रावधान उल्लङ्घन गरेको पाइएको छ। एकीकृत निर्देशन, २०८१ (इ.प्रा. निर्देशन नं. १२/०८१) अनुसार कालोसूचीमा परेकाहरूले रकम जम्मा गर्न बाहेक अन्य कुनै पनि प्रकारको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ। तर, उक्त प्रावधानको अवहेलना गरेको प्रमाण भेटिएपछि राष्ट्र बैंकले कुमारी बैंकलाई राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सचेत गराएको हो।

    त्यस्तै, प्राइम कमर्सियल बैंकले कर्जा वर्गीकरण र जोखिम भार गणनामा त्रुटि गरेको पाइएको छ। निरीक्षणका क्रममा भाखा नाघेका कर्जाहरूलाई सही रूपमा वर्गीकरण नगरेको र जोखिम भार गणना गर्दा क्यापिटल एडिक्वेसी फ्रेमवर्क–२०१५ का मापदण्ड नअपनाएको देखिएको हो। सो कारण बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत सचेत गरिएको छ।

    राष्ट्र बैंकले यी कारबाहीहरूलाई बैंक तथा वित्तीय क्षेत्रमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्नका लागि आवश्यक कदमका रूपमा लिएको जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend