अन्तर्राष्ट्रिय कर सम्मेलन : विकसित देशका असल अभ्यासवारे नेपाली अधिकारीहरुलाई 'कन्भिन्स' गर्ने प्रयास

अन्तर्राष्ट्रिय कर सम्मेलन : विकसित देशका असल अभ्यासवारे नेपाली अधिकारीहरुलाई 'कन्भिन्स' गर्ने प्रयास

ट्याक्स खबर
बुधवार, मंसिर ३ २०८२
ट्याक्स खबर
बुधवार, मंसिर ३ २०८२
  • images

    काठमाडौं । अन्तर्राष्ट्रिय कर सम्मेलनमा विकसित देशले अवलम्बन गरेका कर प्रणालीका असल अभ्यासवारे नेपाली अधिकारीहरुमाझ बहस गरिएको छ ।

    हिजोदेखि काठमाडौंमा सुरु भएको सम्मेलनमा आज चीन,  मकाउ, ताइवान, भेतनाम र नेपाललका कर विशेषज्ञहरुले धारणा राखेका थिए ।

    चाइनाले एआई टुल्सको प्रयोग गरेर कर प्रणालीमा एकदमै ठूलो फड्को मारेको वारेमा सम्मेलनमा बहस गरिएको छ । हङकङ र ताइवानले पनि कर प्रणालीमा निकै सुधार गरेको ती देशका प्रतिनिधिहरुले बताएका छन् ।

    0c12abc8-7d5f-43ad-8373-edda33ec1a50.jpg
    undefined

    अब अन्तर्राष्ट्रिय कर प्रणालीमा भएका असल अभ्यासहरुलाई प्रवर्द्धन गर्नुपर्नेमा सहभागी विज्ञहरुले जोड दिएका छन् । उनीहरुले आफ्नो देशको कर प्रणाली सुधारको इतिहास, वर्तमान र आगामी दिशावारे कुरा राखेका थिए ।

    नेपालको कर प्रशासनलाई सम्मेलनले ठूलो फिडब्याक दिएको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । अर्थ मन्त्रालयका महाशाखा प्रमुख, आन्तरिक राजस्व विभागका महानिर्देशक, उपमहानिर्देशक र निर्देशकहरुले विज्ञहरुका कुरा नोटिसमा लिएको सम्मेलनको आयोजक नेपाल चेम्बर अफ ट्याक्स कन्सल्ट्यान्ट (NCTC)का उपाध्यक्ष लेखनाथ शर्मा पंगेनीले ट्याक्सखबरलाई जानकारी दिए ।

    NCTC.jpg
    undefined

    उनीहरुले यसलाई पोलिसी रिफर्ममा एड्रेस गर्ने उल्लेख गरेको पनि उनले बताए । आजको कार्यक्रममा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक कविता रेग्मीले मोडरेटरको रुपमा नेतृत्व गरेकि थिइन । 

    विकसित देशका करका असल अभ्यासलाई आगामी बजेटमा समावेश गर्ने उनीहरुले बताएका छन् । 

    सम्मेलनको दोस्रो दिन भएको बहसवारे ट्याक्सखबरसँग स‌ंक्षिप्त कुरा गर्दै उपाध्यक्ष पंगेनीले विशेषगरी चीनले एआई टुल्सहरु प्रयोग गरेर कम जनशक्तिमा बढीभन्दा बढी लाभ लिएको< फेसलेसको कारोबार पनि ट्रु एण्ड फेयर भएको कुरा आएको बताए ।उनले नेपालले पनि यो अन्तर्राष्ट्रिय कर सम्मेलनबाट टेक्निकल टुल्सहरु, एआई टुल्सहरु प्रयोग गरेर कर प्रणालीलाई व्यवस्थित बनाउन पहल गरिने पनि बताए ।

    NCTC Pokhrel.jpg
    undefined

    सम्मेलनमा विभिन्न व्यक्ति २० देशका ३०० भन्दा बढी कर विशेषज्ञहरुको सहभागीता रहेको छ ।

    आजको कार्यक्रममा निजी क्षेत्रका तर्फबाट नेपालका कर विज्ञ डा. रुप खड्का, एफएनसीसीआई   अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल बार एशोसिएशनका अध्यक्ष विजय मिश्र लगायतले ट्याक्स रिफर्म वारे धारणा राखेका थिए ।

    सम्मेलनको अन्तिम दिन भोलि डिजिटल ट्याक्सेसन, ट्याक्स एड्मिनिस्ट्रेसन र स्ट्रक्चर, ट्रान्सफर प्राइस लगायतका सत्रहरुमा छलफल हुने उपाध्यक्ष पंगेनीले बताए ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend