धरहरा सञ्चालनको एक वर्ष, ४ लाखले अवलोकन, ७ करोड ७१ लाख राजस्व संकलन

धरहरा सञ्चालनको एक वर्ष, ४ लाखले अवलोकन, ७ करोड ७१ लाख राजस्व संकलन

ट्याक्स खबर
मंगलवार, मंसिर ९ २०८२
ट्याक्स खबर
मंगलवार, मंसिर ९ २०८२
  • images

    काठमाडौँ। पुनर्निर्माणपछि धरहरा सशुल्क रूपमा सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ। यो अवधिमा प्रवेश टिकटबापत जम्मा रु सात करोड ७१ लाख राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइका प्रमुख महेश राईले जानकारी दिएका छन्।

    अघिल्लो वर्ष मङ्सिर ९ गते सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहरामा हिजो साँझसम्म ४ लाख ६९४ जनाले चढिसकेका छन्। १२ वर्षमुनिका बालबालिकाको छुट्टै तथ्याङ्क भने राखिएको छैन।

    जेनजी आन्दोलनअघिसम्म प्रत्येक बुधबार बन्द हुने धरहरा अहिले हप्ताको सातै दिन खुला रहने व्यवस्था छ। बिहान १०:३० देखि दिउँसो ३ बजेभित्र चढ्न सकिने यो संरचनामा छोटो अवधिमै उल्लेखनीय भिजिटरसङ्ख्या देखिएको राईले बताए। हालसम्म चढ्नेहरूमध्ये करिब २८ सय विदेशी पर्यटक छन्।

    धरहरा चढ्न नेपाली नागरिकका लागि प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइन्छ। सार्क राष्ट्रका पर्यटकलाई रु ५०० र सार्कबाहेकका पर्यटकलाई रु १ हजार शुल्क तोकिएको छ।

    धरहरामा पार्किङ शुल्क चार पांग्रे सवारीका लागि प्रतिघण्टा रु २०, दुई पांग्रे सवारीका लागि रु १०, धरहरा परिसर प्रवेश शुल्क रु ५० तोकिएको छ। साथै, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन राख्न प्रतिघण्टा रु ५ हजार व्यावसायिक भिडियो छायांकनका लागि रु ५ हजार, र फोटोग्राफीका लागि प्रतिघण्टा रु १ हजार निर्धारण गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend