सिटिजन बैंकले तिर्यो १ अर्ब ४४ करोड राजस्व, सिईओ पोख्रेलले तिरे  ६८ लाख ७५ हजार तलब भत्ता कर

सिटिजन बैंकले तिर्यो १ अर्ब ४४ करोड राजस्व, सिईओ पोख्रेलले तिरे  ६८ लाख ७५ हजार तलब भत्ता कर

ट्याक्स खबर
शुक्रवार, मंसिर १२ २०८२
ट्याक्स खबर
शुक्रवार, मंसिर १२ २०८२
  • images

    काठमाडौं। सिटिजन बैंकले राज्यलाई एक अर्ब ४४ करोड ३४ लाख रुपैयाँ राजस्व दाखिला गरेको छ।

    बैंकले आर्थिक वर्ष २०८१/८२ मा अग्रिम आयकर बापत रु. ५० करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे बापत ९१ करोड ९८ लाख १६ हजार ठूला करदाता कार्यालयमा तथा २ करोड ३५ लाख ९८ हजार अन्य आन्तरिक राजस्व कार्यालयहरुमा गरी कुल एक अर्ब ४४ करोड ३४ लाख १५ हजार राजस्व दाखिला गरेको छ। 

    बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्रेल स्वयंमले आफ्नो वार्षिक तलब भत्ताबाट समेत ६८ लाख ७५ हजार भुक्तानी गरेका छन्। 

    पोख्रेलले गत आर्थिक वर्ष २०८१/८२ मा एक करोड ६५ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए। उक्त तलब भत्ताबाट आयकर ऐन अनुसार उनले ६८ लाख ७५ हजार रुपैयाँ राज्यलाई कर तिरेर ९६ लाख ५६ हजार रुपैयाँ मात्रै हात पारेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend