काठमाडौं। गरिमा विकास बैंकले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा एक अर्ब ५१ करोड रुपैयाँको योगदान पुर्याएको छ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा आयकर बापत ५८ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ। त्यस्तै अन्य अप्रत्यक्ष कर समेत गरी ठुला करदाता कार्यालयलाई ९२ लाख २२ हजार रुपैयाँ कर भुक्तानी गरि एक जिम्मेवार करदाताको रुपमा आफुलाई प्रस्तुत गरेको छ।
यसका साथै समाजमा रोजागरी सृजना, उद्यमशिलताको विकास र न्यून आय भएका विपन्न वर्गका लागि उत्पादनशील क्षेत्रमा कर्जा लगानी मार्फत जीवनस्तर उकास्नमा सहयोग गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा प्रत्यक्ष अप्रत्यक्ष दुबै माध्यमबाट सहयोग गर्दै आएको छ


