वीरगञ्ज भन्सारको राजस्व ४ महिनामा ३३ अर्ब, मेची भन्सारमा आयात बढ्दो निर्यात घट्दो

वीरगञ्ज भन्सारको राजस्व ४ महिनामा ३३ अर्ब, मेची भन्सारमा आयात बढ्दो निर्यात घट्दो

ट्याक्स खबर
बुधवार, मंसिर १७ २०८२
ट्याक्स खबर
बुधवार, मंसिर १७ २०८२
  • images

    वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको पहिलो चार महीनामा वीरगञ्ज भन्सार कार्यालयले पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र सवारीसाधन तथा तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व संकलन गरेको छ।

    यसमध्ये फलाम तथा फलामजन्य सामानबाट रु ४ अर्ब ५८ करोड, कपडाबाट रु ४ अर्ब २५ करोड र मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु ३ अर्ब १७ करोड राजस्व उठाइएको छ। इलेक्ट्रिक मेसिनरी, उपकरण तथा पार्टपुर्जाबाट रु ३ अर्ब ७ करोड राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

    पहिलो चार महीनामा वीरगञ्ज भन्सार हुँदै रु २ खर्ब ८४ अर्ब ८९ करोड बराबरको सामान आयात भएको छ भने सोही अवधिमा कार्यालयले रु ७५ अर्ब ५९ करोड राजस्व संकलन गरेको छ।

    मेची भन्सार: आयात बढ्यो, निर्यात घट्यो

    आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टा नाकाबाट रु १६ अर्ब २ करोड ५ लाख बराबरका सामान आयात भएका छन्।

    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत वर्षको सोही अवधिमा आयात रु १४ अर्ब २८ करोड ८७ लाख थियो।

    यस अवधिमा निर्यात भने घटेको छ। चालु वर्षको पहिलो चौमासिकमा रु ७ अर्ब ९६ करोड ७ लाखका वस्तु निर्यात भएकोमा गत वर्ष एउटै अवधिमा यो रकम रु ८ अर्ब ३० करोड २७ लाख थियो।

    काँकरभिट्टा नाकाबाट अलैंची, चिया, प्लाइउड, भेनियर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पाता लगायतका वस्तु निर्यात हुँदै आएका छन्।

    कार्यालयले पहिलो चार महीनामा आयात–निर्यातबाट कुल रु ५ अर्ब ४६ करोड १ लाख ९८ हजार राजस्व संकलन गरेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend