काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले आफ्नो कोर बैंकिङ सोलुसनको अपग्रेडिङ गरिरहेकाले राजस्व भुक्तानीमा समस्या हुन सक्ने भन्दै आन्तरिक राजस्व विभागले अन्य बैंक मार्फत कारोबार गर्न भनेको छ।
विभागका अनुसार अपग्रेडिङको काम यही मंसीर २० गते सम्म हुनेछ।'एभरेष्ट बैंक लिमिटेडले मिति २०८१/०५/१८ देखि मिति २०८१/०५/२० गतेसम्म आफ्नो Core Banking solution को स्तरउन्नति गर्न लागेकाले सो अवधीमा आन्तरिक राजस्व भुक्तानीमा प्रभाव पर्न सक्ने भएकोले यसबाट करदाताहरूमा पर्न जाने असुविधाको लागि क्षमा याचना गर्दै उक्त अवधीमा अन्य सरकारी कारोबार गर्ने बैंकहरू मार्फत आन्तरिक राजस्व भुक्तानीको कार्य गर्न हुन सम्बन्धित सबै करदाताहरूलाई जानकारी गराइन्छ, 'विभागले एक सूचना जारी गर्दै भनेको छ।


