मदेइरामा कूटनीतिक सेवा शिविर, पोर्चुगलमा बस्ने नेपालीबाट एकैदिन १८ लाख राजस्व सङ्कलन

मदेइरामा कूटनीतिक सेवा शिविर, पोर्चुगलमा बस्ने नेपालीबाट एकैदिन १८ लाख राजस्व सङ्कलन

ट्याक्स खबर
मंगलवार, मंसिर २३ २०८२
ट्याक्स खबर
मंगलवार, मंसिर २३ २०८२
  • images

    लिस्बन (पोर्तुगल)। पोर्तुगल सामुद्रिक टापु मदेइरा मा सञ्चालित दुईदिने कन्सुलर शिविरमार्फत करिब ११ हजार युरो (रु १८ लाख ४० हजार) राजस्व सङ्कलन भएको छ।

    लिस्बनस्थित नेपाली दूतावासको टोलीले फुन्चालमा सञ्चालन गरेको शिविरमा १०० जना नेपालीले विभिन्न कूटनीतिक सेवा लिएका थिए। यसमा ८१ जनाले राहदानी नवीकरण, हराएको राहदानीको आवेदन तथा बालबालिकाको नयाँ ई–पासपोर्टका लागि जैविक विवरण (बायोमेट्रिक्स) उपलब्ध गराएका थिए।

    शिविरमा ७५ जनाको राहदानी नवीकरण, दुई जनाको हराएको राहदानी र चार बालबालिकाको नयाँ राहदानी वितरण गरी आवेदन सङ्कलन गरिएको नेपाली दूतावासले जनाएको छ। त्यस्तै, १५ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र अन्य कागजात प्रमाणीकरण गरिएको थियो।

    गत शनिबार र आइतबार सञ्चालन भएको शिविरमा राहदानी म्याद सकिएका, क्षतिग्रस्त, हराएका र बालबालिकाका विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो। त्यस्तै, तयारी अवस्थामा रहेका राहदानी वितरण, प्रहरी रिपोर्ट सहित कागजात प्रमाणीकरण तथा अधिकृत वारेसनामा प्रमाणीकरण जस्ता ‘कन्सुलर’ सेवा प्रदान गरिएको दूतावासले जनाएको छ।

    यो मदेइरा टापुमा पहिलोपटक संचालन गरिएको घुम्ती शिविर हो। यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरी २०० नेपालीलाई सेवा दिएको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend