चीनको परिमार्जित कर फिर्ता नीति: आन्तरिक पर्यटकको किनमेलको स्वरूप नै बदलिँदै

चीनको परिमार्जित कर फिर्ता नीति: आन्तरिक पर्यटकको किनमेलको स्वरूप नै बदलिँदै

ट्याक्स खबर
बुधवार, मंसिर २४ २०८२
ट्याक्स खबर
बुधवार, मंसिर २४ २०८२
  • images

    पेईचिङ । खरीदसँगै तत्काल कर फिर्ता (Immediate Tax Refund Upon Purchase) मा आधारित चीनको परिमार्जित प्रस्थान कर फिर्ता प्रणाली देशभर लागू भएपछि आन्तरिक पर्यटनमा हुने किनमेलको स्वरूप बदलिँदै गएको छ। विज्ञहरूका अनुसार यो परिवर्तन सेवा प्रवाहको आधारभूत तर्कमै रूपान्तरणको संकेत हो, जसले पर्यटकको समग्र अनुभव सुधार्न र उपभोग बढाउने लक्ष्य राखेको छ।

    चीनको राज्य कर प्रशासनका अनुसार यो वर्षको पहिलो ११ महिनामा चीनमा यस्तो कर–फिर्ता दाबी गर्ने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा २८५ प्रतिशतले बढेको छ। कर फिर्ता योग्य सामानको बिक्री र कुल कर फिर्ता रकम पनि सोही अवधिमा ९८.८ प्रतिशतले वृद्धि भएको छ।

    नोभेम्बरको अन्त्यसम्म चीनभर १२ हजार २५२ कर–फिर्ता केन्द्रहरू सञ्चालनमा थिए। जस मध्ये ७ हजार  भन्दा बढीले प्रत्यक्ष  खरीदसँगै तत्काल कर फिर्ता सुविधा दिएका छन्। यो नयाँ प्रणाली गत एप्रीलबाट देशव्यापी रूपमा लागू गरिएको थियो।

    चीन एकेडेमी अफ कल्चर एन्ड टुरिज्म इन्डस्ट्रीका प्राध्यापक वु लियुनले नीति सुधारको मूल महत्व व्यवस्थापनको सुविधाभन्दा पर्यटक अनुभवलाई प्राथमिकता दिनु रहेको बताइन्। उनका अनुसार पुरानो ‘ प्रस्थानपछि फिर्ता’ मोडेलमा पर्यटकहरू प्रायः विमानस्थलमा लामो लाइनमा उभिनुपर्थ्यो र समय अभावका कारण कतिपयले फिर्ता प्रक्रिया नै छाडिदिन्थे।

    अबको “खरीदसँगै तत्काल कर फिर्ता” मोडेलले प्रक्रियालाई निकै सरल बनाएको र पर्यटकलाई वास्तविक लाभको अनुभूति दिलाउने उनको भनाइ छ। “यस्तो तत्काल फाइदाले किनमेल अनुभव धेरै सुधार्छ र दोहोरिने खर्चलाई प्रोत्साहित गर्छ,” वु भन्छिन्।

    उनका अनुसार यो नीतिले चीनका उत्पादनहरू विशेष गरी पुराना ऐतिहासिक ब्रान्डहरू तथा अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित वस्तुहरू लाई प्रवर्द्धन गर्न मद्दत गर्छ। किनकि पर्यटकहरूले घर लगिने सामानको दायरा समेत बढाएका छन्।

    स्थानीय प्रशासनहरूले प्रणाली सुदृढ बनाउन विभिन्न क्षेत्रीय उपायहरू लागू गरेका छन्। बेइजिङले “तत्काल फिर्ता” कारोबारका लागि माथिल्लो सीमा बढाएको छ, फिर्ता लिन सकिने समयसीमा १७ दिनबाट २८ दिन पुर्‍याएको छ र शहरभर एक–द्वार (one-stop) सेवा उपलब्ध गराएको छ। ग्वाङ्जाउ, ग्वाङ्दोङ प्रान्तमा कर प्राधिकरणहरूले “एक फारम, एक सुरक्षित झोला” (one form, one sealed bag) प्रणाली परीक्षण गरिरहेका छन्। जसले प्रत्येक कर–फिर्तालाई भन्सारद्वारा निरीक्षण गरिएको सुरक्षित प्याकेजसँग जोडिदिन्छ र छिटो प्रक्रिया सुनिश्चित गर्छ। पहिलो चरणमा १० खुद्रा व्यवसाय सहभागी भएका छन्, जसका कारण कर–फिर्ता आवेदन, बिक्री र फिर्ता रकम वर्षको पहिलो छ महिनामा १.३ गुणाभन्दा बढीले बढेको छ।

    राष्ट्रिय आव्रजन प्रशासनका अनुसार २०२५ को पहिलो तीन त्रैमाससम्म चीनमा २२.८२ मिलियनभन्दा बढी विदेशी आगमन भएको छ। जस मध्ये ७.२५ मिलियन भिसा–फ्री प्रवेश थिए। यो अघिल्लो वर्षको तुलनामा ४८.३ प्रतिशत वृद्धि हो।

    यी उपलब्धिहरू चीनको समग्र आन्तरिक उपभोग वातावरणमा सुधारसँग सम्बन्धित छन्। विश्व पर्यटन संघ, मास्टरकार्ड र ट्रिप.कमद्वारा जारी संयुक्त प्रतिवेदनअनुसार, “खरीदसँगै तत्काल कर फिर्ता” मोडेल देशभर कार्यान्वयन भएपछि फिर्ता प्रक्रिया छोटो भएको छ र किनमेल अनुभव उल्लेखनीय रूपमा सुधारिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend