पेरिस। वित्तीय अपराध अध्ययन गर्ने संस्था ब्लूमबर्गका अनुसार अन्तर्राष्ट्रिय बैंक हङकङ एण्ड साङ्हाइ बैंकिङ कर्पोरेशन (एचएसबीसी)ले फ्रान्समा भइरहेको 'कुम-कुम' कर घोटालासम्बन्धी फौजदारी अनुसन्धान मिलाउन करिब ३०० मिलियन डलर तिर्ने तयारी गरेको छ। यो जानकारी विषयसँग सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै ब्लूमबर्गले सार्वजनिक गरेको हो।
एचएसबीसीले अक्टोबरमा नै कुम–कुम कारोबारका सम्बन्धमा भइरहेको छानबिनका लागि ३०० मिलियन डलर प्रावधान राखिएको पुष्टि गरेको थियो। कुम-कुम कारोबारमा विदेशी लगानीकर्ताले फ्रान्सेली कम्पनीका शेयर कर उठाउने मिति वरिपरि केही समयका लागि कर-मुक्त स्थानीय निकायहरू जस्तै, घरेलु बैंकहरूमा सारिदिने गर्छन्, जसले विथ होल्डिङ कम्पनीमा कर घटाउन वा जोगिन सहयोग गर्छ।
ब्लूमबर्गका अनुसार, फ्रान्सको वित्तीय अभियोजन निकाय (फीएनएफ)सँगको प्रस्तावित समझदारी केही सातामा पेरिसको अदालतमा न्यायाधीशले समीक्षा गर्ने अपेक्षा गरिएको छ। एचएसबीसीले यस विषयमा कुनै टिप्पणी गरेको छैन। रोयटर्सले सोध्दा पीएनएफले पनि न त पुष्टि गर्यो, न त खण्डन।
यसअघि, फ्रान्सकै बैंक क्रेडिट एग्रिकोलको लगानी बैंकिङ शाखाले पनि गत सेप्टेम्बरमा यस्तै लाभांश कर विवाद मिलाउन करिब ८८.२ मिलियन युरो (लगभग १०२.६६ मिलियन डलर) तिर्न सहमति गरेको थियो।


