राष्ट्र बैंकले मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्ने

राष्ट्र बैंकले मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्ने

ट्याक्स खबर
शुक्रवार, मंसिर २६ २०८२
ट्याक्स खबर
शुक्रवार, मंसिर २६ २०८२
  • images

    काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको सो रकमलाई मुद्दती निक्षेपमा परिचालन गर्न लागिएको हो। यसका लागि मंसिर २९ गते राति ७ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरिएको छ।

    कुल लगानीमध्ये ५ अर्ब २८ करोड रुपैयाँ वाणिज्य बैंकमा, ९९ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र ३३ करोड रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दती निक्षेपका रूपमा राखिने राष्ट्र बैंकले जनाएको छ।

    यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जानकारी दिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend