सिन्धु विकास बैंकका सीइओ देवकोटाले दिए राजीनामा

सिन्धु विकास बैंकका सीइओ देवकोटाले दिए राजीनामा

ट्याक्स खबर
बुधवार, पौष १६ २०८२
ट्याक्स खबर
बुधवार, पौष १६ २०८२
  • images

    काठमाडौँ। सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले कार्यभार सम्हालेको एक वर्ष नपुग्दै राजीनामा दिएका छन्।

    देवकोटाले व्यक्तिगत कारण उल्लेख गर्दै पुस ९ गते बुझाएको राजीनामा बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले स्वीकृत गरेको छ। सञ्चालक समितिले उहाँको राजीनामा माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।

    देवकोटा एक वर्षअघि चार वर्षे कार्यकालका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। चार्टर्ड एकाउन्टेन्ट देवकोटाले २०८१ पुस १ गतेदेखि सिन्धु विकास बैंकको सीइओको जिम्मेवारी सम्हाल्दै आएका थिए।

    यसअघि देवकोटा नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलरको प्रमुख कार्यकारी अधिकृत रहेर कार्यरत थिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend