सरकारले २० वटा वस्तुको आयातबाट मात्रै एक खर्ब रुपैयाँ राजस्व प्राप्त गरेको छ । पेट्रोलियम पदार्थ, गाडी तथा तीनका पार्टपूर्जा, लत्ताकपडा, सुनचाँदी, फलफूल, दाल, तेल, मार्बल लगायतका वस्तुको आयातबाट मात्रै एक खर्ब राजस्व संकलन भएको भन्सार विभागको तथ्याङ्क छ ।
पेट्रोलियम पदार्थ(डिजेल, पेट्रोल र खाना पकाउने ग्यास)को आयातबाट सरकारले ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। गाडी आयातबाट ३४ अर्ब ६४ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ।
चालु आर्थिक वर्षमा तयारी मोटरसाइकल र विद्युतीय जीप, कार र भ्यानको आयात घटे पनि समग्रमा गाडीको आयात बढेको छ। गत वर्ष विद्युतीय गाडीमा भन्सार बढ्ने हल्लाले धेरै गाडी आयात गरेर थन्किएका कारण यो वर्ष आयात कम भएको छ । जसले गर्दा पेट्रोलियम गाडीको आयात बढेको देखिएको छ । यसले भन्सार राजस्वमा योगदान बढेको छ । पेट्रोलियम जीप, कार र भ्यानमा औसत २४५ प्रतिशत भन्सार र अन्य कर तथा शुल्क लगाइने गरेकोमा विद्युतीय यस्ता गाडीमा ६४ प्रतिशत छ।
नेपालमा एक दर्जन हाराहारी एसेम्बल उद्योग खुलेसँगै तयारी मोटरसाइकलको आयात यो वर्ष घटेको छ। तर अनएसेंबल्ड मोटरसाइकलको आयात उल्लेख्य बढेको छ।
यी हुन् सबैभन्दा धेरै भन्सार राजस्व उठ्ने २० वस्तुहरू


