कांग्रेसको घोषणा : १० लाख सम्मको आम्दानीमा कर नलिने, संस्थागत आयकर २० र व्यक्तिगत २५%

कांग्रेसको घोषणा : १० लाख सम्मको आम्दानीमा कर नलिने, संस्थागत आयकर २० र व्यक्तिगत २५%

ट्याक्स खबर
बिहिवार, फाल्गुण ७ २०८२
ट्याक्स खबर
बिहिवार, फाल्गुण ७ २०८२
  • images

    काठमाडौं। नेपाली कांग्रेसले आफ्नो सरकार बने वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ।

    कांग्रेस सभापति गगन थापाले ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा यस्तो घोषणा गरेका हुन्।

    नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषण मात्र पर्याप्त नहुने भन्दै उनले नीतिगत सुधार आवश्यक रहेको बताए। यसका लागि वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाइने घोषणा गरिएको उनले स्पष्ट पारे।

    हाल ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई घटाएर अधिकतम २५ प्रतिशतमा झार्ने घोषणा पनि थापाले गरे।

    संस्थागत करको दर २० प्रतिशतमा झार्ने योजना रहेको बताउँदै उनले अन्य करका दरसमेत सरलीकरण गरी सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा समेट्ने तयारी रहेको सुनाए।

    नेपालमा निजी क्षेत्रलाई केही सीमित व्यक्तिसम्म मात्र हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले भृकुटीमण्डपको चिया पसलदेखि हातहातमा क्यामरा मोबाइल बोकेका युट्युबरसम्म निजी क्षेत्रको हिस्सा भएको बताए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend