मूल्य बढीरहँदा कर छुटको नाममा निगम घाटामा सरकारद्धारा सर्वसाधारण मारमा

मूल्य बढीरहँदा कर छुटको नाममा निगम घाटामा सरकारद्धारा सर्वसाधारण मारमा

शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • images

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७ अर्ब ८२ करोड रुपैयाँ घाटा भइरहेको बताएको छ ।

    मूल्य बढाइरहँदा पनि पाक्षिकरूपमा करिब पौने ८ अर्ब रुपैयाँ घाटा रहेको निगमनका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बताए ।

    एक सार्वजनिक सन्देश जारी गर्दै उनले अझै इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम १६ अर्ब ३७ करोड बाँकी रहेको जानकारी दिए । त्यही भएर हिजो पुनः पेट्रोलियम पदार्थको मूल्या समायोजन गर्न निगम बाध्य भएको उनको भनाइ थियो ।

    उनले पेट्रोलियम पदार्थको इन्धन खपत घटाउन र मितव्ययी बनाउन उपभोक्तालाई अपिल गरे । निगमले गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेल र मट्टितेलमा २५ रुपियाँ वृद्धि गरेको छ। यस्तै ग्यासमा १०० रुपैयाँ वृद्धि गरिएको छ ।

    सरकारले कर छुट दिदा पनि मूल्य महंगो नयाँ सरकार भन्दै सर्वसाधारण मौन सहित मारमा परेका छन् । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend