सरकार बनेको १७ दिनपछि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्रीहरूले आफ्नो सम्पत्तिमा करोडौँ मौजदात, घरजग्गा, शेयरमा लगानी देखाएका छन्।
कतिपय मन्त्रीले बाख्रा, कुखुरा र कुकुर समेत आफ्नो सम्पत्तिका रूपमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँग सबैभन्दा बढी नगद मौज्दात र सुन रहेको पाइएको छ। घरजग्गा बढी अर्थमन्त्री स्वर्णिम वाग्लेको देखिएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ र उद्योगमन्त्री गौरीकुमारी यादवसँग पनि उत्तिकै बढी सम्पत्ति देखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग नगद मात्र एक करोड ४६ लाख रूपैयाँ रहेको छ।
फेसबुक, युट्युब, टिकटक लगायतबाट बालेन्द्रले आम्दानी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।
यस्तै, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी र हिराका गहना रहेको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहनाको स्रोत उनले पैत्रिक सम्पत्ति भनेका छन्। पैत्रिक सम्पत्तिको कर तिर्नुपरेन । करै नतिर्नुपर्ने नियममा उनि फस्दैनन् ।
काठमाडौँ महानगरपालिका ९ मा ध्रुवदेवी शाहको नाममा ५ आना र धनुषामा १.२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ।
अन्य सम्पत्तिको नाममा उनले फेसबुक, युट्युब र टिकटक खाता रहेको उल्लेख गरेका छन्।
यसैगरि दोश्रो वरियताका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग १२ करोडभन्दा बढीको घर जग्गा रहेको विवरण सार्वजनिक भएको छ।
उनको सम्पत्तिमा करको बारेमा उल्लेख छैन । उनिमात्र होइन परराष्ट्रमन्त्री शिशिर खनालले २२ तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका छन्।
जग्गा सहित विभिन कम्पनीको शेयर समेत उल्लेख छ । कर यति बुझाएको उनकोम उल्लेख छैन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको काठमाडौँमा दुई वटा घर छन्। वीरेन्द्रभक्त श्रेष्ठको नाममा काठमाडौँ महानगरपालिका–२४ मा २ आना तथा विकास श्रेष्ठको नाममा काठमाडौँ–१३ मा ४ आना जग्गामा घर रहेको छ।
यस्तै, सुन र चाँदी १५-१५ तोला रहेको विवरणमा उल्लेख छ। उनीसँग विभिन्न बैंकमा गरी ७८ लाख ९८ हजार ५४४ रूपैयाँ ३३ पैसा नगद छ।
१ करोड ४५ लाख ४८ हजार ४२० रूपैयाँको २० हजार ९७८ कित्ता शेयरका अलावा उनीसँग ल्यान्ड क्रुजर गाडी, इलेक्ट्रिक गाडी र एउटा स्कुटर पनि छ। सम्पत्ति विवरण बुझाउँदा पनि करको उल्लेख छैन ।
सार्वजनिक विवरण अनुसार गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रूपैयाँ मूल्यको शेयर रहेको छ।
योसँगै पैत्रिक सम्पत्ति उल्लेख गर्दै विभिन्न स्थानमा घर, जग्गा गाडी उल्लेख छ । पैत्रीक सम्पत्ति भन्ने वित्तिकै आय श्रोत र करबाट टाडा देखिएको छ । यत्रिमात्र होइन भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालसँग जमुना लम्सालका नाममा रूपन्देहीमा १ कट्ठा १० धुरमा बनेको घर छ। जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कट्ठा १५ धुर जग्गा र बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी छ।
९० लाख रूपैयाँ बैंक ब्यालेन्स रहेका लम्सालले ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ । विवरण सार्वजनिकमा आय श्रोत उल्लेख छैन ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग काठमाडौँ र चितवनमा दुई वटा घर छन्। श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौँ क्षेत्र नं ३ मा र सासू आमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको सार्वजनिक भएको विवरणमा उल्लेख छ।
गौतमले ५ वटा बैंकमा १० लाख ५० हजार ३३५ रूपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छन्। उनले १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। उनको र श्रीमानको नाममा छुट्टाछुट्टै गाडी छन्।
गौतमका नाममा २६ लाख र श्रीमान गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रूपैयाँको गाडी छ। यी दुवै सवारी खरिद गर्दा ४५ लाख ऋण लिएको र बाँकी रकम तलब र पुरानो गाडी साटेको विवरणमा उल्लेख छ। यस्तै एउटा स्कुटर पनि उनीहरूसँग छ।
ग्लोब ट्रट हिमालय टुर्स एन्ड ट्रेक्स प्रालिमा ५० प्रतिशत शेयर गौतमको छ। सोपान मल्टिपल कम्पनीको ६ हजार ५०० कित्ता शेयर छ। कानूनमन्त्री भएकाले कानूनको मातहत रहि सम्पत्ति श्रोत खुलाएको पाइन्छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी पाएको विवरण सार्वजनिक गरेकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार उनीसँग एनआईसी र प्रभु बैंकमा १५ लाख रूपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन्।
मन्त्री वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ। उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन्।
संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पनि आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।
काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा मन्त्री रावलका नाममा छ। उनले यी जग्गाको स्रोत श्रीमान आय भनेकी छन्।
रावलसँग २५ तोला सुन र बैंकमा २४ लाख रूपैयाँ बचत रहेको छ। उनीसँग ४४ लाखको गाडी पनि छ। २० लाख रूपैयाँ एभरेष्ट बैंकबाट ऋण लिएको उल्लेख छ। स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी छ।
काठमाडौँको सौखेलमा ७ आना जग्गा छ। यस्तै, १७ लाख २३ हजार ५३५ रूपैयाँ नगद, २४० कित्ता सेयर छ। उनले २५ लाख रूपैयाँ पर्ने गाडी चढ्ने गरेकी छन्।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र उनको परिवारका नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा छ।
२५ तोला सुन, १०० तोला चाँदी भएका पोखरेलको बैंक खातामा ४ लाख ४७ हजार ९९४ रूपैयाँ मौज्दात छ।
बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूको नाममा करिब ३० लाख बराबरको सेयरमा लगानी छ। बुवा रमेशकुमारको राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रूपैयाँ बराबर छ। बुबा राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई उनले यसको स्रोतको रूपमा देखाएका छन्।
आमा मीनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रूपैयाँ बराबरको सेयर छ। मन्त्री पोखरेलले आफ्नो र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण बुझाएका छन्।
हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ।
बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
सम्पत्ति विवरणमा कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख उल्लेख छ। उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रूपैयाँ बराबरको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेलको भाउजूको नाममा पोखरा महानगरपालिका–१४ मा २ करोड ६० लाख रूपैयाँको घर रहेको छ भने आमाको नाममा पोखराका तीन ठाउँमा १८३०.६७ वर्गमिटर जग्गा रहेको छ।
यस्तै, २१ तोला सुन र पाँच तोला चाँदी रहेको छ। मन्त्री पौडेलले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा विभिन्न बैंक र सहकारीमा गरी २२ लाख ७३ हजार २२ रूपैयाँ नगद देखिएको छ।
उनको विभिन्न कम्पनीमा १८ हजार १५२ कित्ता शेयर छ। उनले बैंक र सहकारीमा गरी एक करोड ४० लाख रूपैयाँ ऋण देखाएका छन्।
मन्त्री पौडेलसँग एउटा जिप र दुईवटा स्कुटर छन् भने विभिन्न कम्पनीमा २ करोड २५ लाख रूपैयाँ लगानी रहेको देखाएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले ४७ लाख रूपैयाँ अरुलाई ऋण दिएका छन्। बलराम लामिछानेलाई १५ लाख र केशव राईलाई ३३ लाख रूपैयाँ ऋण दिएको उल्लेख छ।
यस्तै उनको खातामा १० लाख २४ हजार ३६५ रूपैयाँ मौज्दात छ। मञ्जु गैरेको खातामा १० हजार २१ रूपैयाँ मौज्दात छ।
उनीसँग ५ तोला सुनका गहना, १० तोला चाँदी र ५० हजारको मोती माला छ। मञ्जुको नाममा काठमाडौँको नागार्जुनमा एउटा घर र जग्गा छुट्टै पनि छ। यस्तै उनीसँग २३ लाख रूपैयाँको गाडी पनि छ।
कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी छ। सरकारले सार्वजनिक गरेको विवरण अनुसार उनको हाल घर नभए पनि आफ्नो नाममा बर्दियामा ३० लाख मूल्यको जग्गा र रूपन्देहीमा श्रीमान सुनिल चौधरीको नाममा पैतृक सम्पत्तिको जग्गा छ।
मन्त्री चौधरीसँग विभिन्न बैंकमा रहेका खातामा एक लाख २६ हजार रूपैयाँ मौज्दात छ। विभिन्न कम्पनीका सेयर, ३ लाख ३० हजारको स्कुटर छ। यस्तै २ वटा बाख्रा र १० वटा कुखुरा माइतबाट उपहार पाएको उनले उल्लेख गरेकी छन्।
६५ हजारको ल्यापटप, ९० हजारको मोबाइल र ५० हजार रूपैयाँको घडी पनि उनीसँग छ। यी सबै आफ्नै कमाइबाट किनेको उनको दाबी छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी चौधरीको काठमाडौँ महानगरपालिका ९ मा तीन तले घर छ। यस्तै काठमाडौँ महानगरपालिका १० मै तीन ठाउँमा १४ आना, ७ आना र ९ आना बढी जग्गा छ।
महोत्तरीमा पनि चार ठाउँमा उनकै नाममा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेकी छन्। ८ बिगा बढी जग्गा र एउटा पोखरी छ।
प्रधानमन्त्री बालेन शाहपछि धेरै सुन उनीसँग छ। चौधरीसँग १८० तोला सुन, २ किलो चाँदी र हिराका गहना छन्। उनको विभिन्न बैंकका खातामा १० लाख रूपैयाँ नगद मौज्दात छ।
यस्तै ३ करोड ३८ लाख ३५ हजार ९०८ रूपैयाँ बराबरको सेयर उनीसँग छ। एक करोड ६१ लाख ८७ हजार ऋण लिएको उल्लेख छ। हुन्डाईको एउटा गाडी पनि छ। यस्तै बिग मार्टलाई जग्गा भाडामा दिएकी छन्। जसबाट ९० हजार मासिक भाडा प्राप्त गर्छिन्।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग सप्तरीको राजविराज नगरपालिका ९ मा ११ कट्ठा १३ धुर जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।
यस्तै राजविराजमै विभिन्न ठाउँमा २९ कट्ठा ३३ धुर जग्गा रहेको छ।
यस्तै ८० तोला सुन र १५० तोला चाँदी भएको यादवले सम्पत्ति विवरणमा खुलाएका छन्।
उनीसँग विभिन्न बैंकमा ७० लाख नगद छ। उनले २ लाख ७० हजारको मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
यसरी सपत्ति विवरण हेर्दा कानून मन्त्ती सोविता गौतम लगायत केहि मन्त्री बाहेक अन्यको सम्पत्ति श्रोत पैत्रिक भन्दै कानूनलाई छल्न खोजेको देखिन्छ । तर यो प्रश्न भने सबैमा उठ्छ ? कसरी कमायो सम्पत्ति ?


