चौधरी ग्रुपअन्तर्गतको सिजी होल्डिङसको ललितपुरमा पाँचतारे क्राउन प्लाजा

चौधरी ग्रुपअन्तर्गतको सिजी होल्डिङसको ललितपुरमा पाँचतारे क्राउन प्लाजा

आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • images

    चौधरी ग्रुपअन्तर्गतको सिजी होल्डिङस अरुण चौधरीको स्वामित्वमा रहेको सिजी होल्डिङसले पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा आक्रामक लगानी विस्तार गरिरहेको छ।

    नगरकोटमा बुटिक होटल भंगेरी दरबार यहि वर्ष सञ्चालनमा ल्याइसकेकोे सिजीले ललितपुरको पुल्चोकमा पाँचतारे होटल क्राउन प्लाजा तयार पारेको छ।

    निर्माण सुरु भएको करिब ७ वर्षपछि चौधरी ग्रुपअन्तर्गतको सिजी होल्डिङसले निर्माण गरेको पाँचतारे होटल २०२६ को नोभेम्बरबाट सञ्चालनमा आउने गरी तयार भएको हो।

    २०७६ साल वैशाखमा शिलन्यास गरी निर्माण सुरु भएको होटल कोभिड १९ र त्यसपछि उत्पन्न आर्थिक मन्दीलगायतको समस्याबाट गुज्रिँदै निर्धारित समयमाभन्दा ढिला सम्पन्न भएको सिजी होल्डिङसले जनाएको छ । 

    नोभेम्बरमा ग्राण्ड ओपनिङ गर्ने तयारी गरेको होटलले महाप्रबन्धकसहित सबै कर्मचारीहरु नियुक्त गरेर आन्तरिक कामहरु गरिरहेको छ। होटलमा १७५ वटा कोठाहरु छन्। तीमध्ये एउटा प्रेसिडेन्टल सुइट, चार वटा एजुकेटीभ सुइट, ८ वटा जुनियर सुइट, २ वटा अपांगमैत्री कोठा, ६२ वटा स्टाण्डर टुइन र ९८ वटा स्टाण्डर किङ साइजको कोठाहरु रहेको छ।

    ९ रोपनी क्षेत्रफलमा फैलिएको होटलको सुरुवाती लगानीको अनुमान २ अर्ब ५५ करोड गरिएको थियो। त्यस्तै १७० वटा कोठा निर्माण गर्ने भनिएको थियो। तर, अहिले ५ वटा कोठा थप भएको हो।

    होटलमा रुफटप स्वीमिङ पुल, २४ सैँ घण्टा सेवा उपलब्ध गराउने रेष्टुरेन्ट, बार, व्यायामशाला, बिजनेश सेन्टर, सम्मेलन कक्ष, भूमिगत पार्किङ सुविधासमेत रहेको छ।

    क्राउन प्लाजा काठमाडौं पुल्चोकले नेपालको समृद्ध सांस्कृतिक सम्पदाको साथ आधुनिक भव्यतालाई सहज रूपमा मिसाउने जनाएको छ। भव्य काठमाडौं उपत्यकाभित्रको जीवन्त ललितपुरमा बनेको होटलले प्रमुख व्यावसायिक केन्द्रहरू र पाटन दरबार स्क्वायर, संग्रहालय र ठमेलमा सहजै जान सक्ने उल्लेख गरेको छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend