दुई वर्ष अघि आन्तरिक स्रोत र वैदेशिक अनुदानका स्रोत सुकेको आरोप लगाउने डा. वाग्ले आगामी बजेटको श्रोत ?

दुई वर्ष अघि आन्तरिक स्रोत र वैदेशिक अनुदानका स्रोत सुकेको आरोप लगाउने डा. वाग्ले आगामी बजेटको श्रोत ?

आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • images

    जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थक वर्ष २०८२-०८३ बजेट ल्याउदा इतिहासकै सबैभन्दा ठूलो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको प्रस्तुत गरे।

    यो बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा १ खर्ब ६० अर्ब रुपैयाँले बढी हो। 

    पुँजीगत बजेट बढाउने भनिए पनि कुल बजेटको ५९.८ प्रतिशत चालु, २०.३ प्रतिशत पुँजीगत र १९.९ प्रतिशत वित्तीय व्यवस्थापनमा खर्च गर्ने तयारी छ। 

    कुल २१ खर्ब २४ अर्बको भीमकाय बजेटको स्रोत जुटाउन सरकारले १४ खर्ब ५ खर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

    ६१ अर्ब ७४ करोड बाह्य अनुदान ल्याउने भनिएको छ। बाँकी साढे ६ खर्बभन्दा बढी रकम आन्तरिक र बाह्य ऋणबाट पूर्ति गरिने भनिएको छ। 

    तर यसअघि आर्थिक वर्ष २०८१-८२ को बजेट सार्वजनिक भएपछि तत्कालिन प्रतिनिधि सभा सदस्य रहेका हालका अर्थमन्त्री वाग्लले संसद् भवन बाहिर सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै बजेटको आकार अत्यधिक बढेर उत्ताउलो नआएको भए पनि आन्तरिक स्रोत र वैदेशिक अनुदानका स्रोत सुक्दै गएको समयमा झन्डै ६ सय अर्ब सार्वजनिक ऋणको भार बोकाउने गरी बजेट आएको प्रतिक्रिया दिएका थिए। 

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend