एनआइसी एसिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त, गभर्नरबाट लिए सपथ

एनआइसी एसिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त, गभर्नरबाट लिए सपथ

ट्याक्स खबर
मंगलवार, जेठ १९ २०८३
ट्याक्स खबर
मंगलवार, जेठ १९ २०८३
  • images

    काठमाडौँ। एनआइसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा अशोककुमार अग्रवाल नियुक्त भएका छन्। सोमबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले उनलाई आगामी चार वर्षका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

    वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएलगत्तै बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

    नवनियुक्त अध्यक्ष अग्रवालले नियुक्ति भएकै दिन नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उनले सपथ लिएका हुन्।

    नवनियुक्त अध्यक्ष अग्रवालसँग नेपालको वित्तीय तथा व्यावसायिक क्षेत्रमा लामो र सफल नेतृत्व गरेको अनुभव छ। 
    लामो समयदेखि वित्तीय संस्थाको व्यवस्थापन र रणनीति निर्माणमा सक्रिय उनी जोखिम व्यवस्थापन र बीमा बजारको विकासमा विशेष दख्खल राख्छन्। त्यस्तै, उत्पादनशील तथा व्यावसायिक क्षेत्रमा सफल नेतृत्व छ।

    उच्च नेतृत्वदायी क्षमता, स्पष्ट दूरदृष्टि र रणनीतिक योजनामा विश्वास राख्ने अग्रवालको नयाँ कार्यकालमा एनआइसी एसिया बैंकले व्यावसायिक उचाइका नयाँ मापदण्डहरू तय गर्ने र बजारमा आफ्नो प्रतिष्ठालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend