ग्लोबल आइएमई बैंकका ग्राहकलाई भाटभटेनीमा अफर, शून्य ब्याजमै  ईएमआई सुविधा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भाटभटेनीमा अफर, शून्य ब्याजमै  ईएमआई सुविधा

ट्याक्स खबर
सोमवार, जेठ २५ २०८३
ट्याक्स खबर
सोमवार, जेठ २५ २०८३
  • images

    काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित व्यावसायिक सहकार्य सुरु भएको छ। सहकार्यअन्तर्गत ग्राहकहरूलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरूमा शून्य प्रतिशत ब्याजदर र शून्य प्रोसेसिङ शुल्कमा तत्काल ईएमआई सुविधा उपलब्ध गराइने भएको छ।

    यो सुविधा ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताका लागि लागू हुनेछ। न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा ग्राहकले कुनै अतिरिक्त कागजी प्रक्रिया बिना नै ‘अन–द–फ्लाई’ ईएमआई सुविधा लिन सक्ने बैंकले जनाएको छ।

    ग्राहकले आफ्नो आवश्यकता अनुसार ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ताबन्दी भुक्तानी अवधि छनोट गर्न सक्नेछन्। यसले उपभोक्तालाई सहज किस्ता भुक्तानीमार्फत ठूलो खरिद व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरूको कारोबार इतिहासका आधारमा नयाँ ‘ग्लोबल बिबिएसएम क्लब कार्ड’ जारी गरिनेछ। पछिल्लो तीन महिनाको कारोबार मूल्याङ्कनका आधारमा ग्राहकलाई १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा उपलब्ध गराइनेछ।

    यो कार्ड प्रारम्भिक चरणमा भाटभटेनी र यसको नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ। यसमार्फत ग्राहकले सहज भुक्तानी, विशेष छुट, अफर तथा भविष्यका बैंकिङ योजनाहरूको लाभ लिन सक्ने बैंकले जनाएको छ।
    यस योजनामा आईएमएस सफ्टवेयर प्रा।लि। प्राविधिक साझेदारका रूपमा संलग्न रहेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend