झलारीमा नयाँ शाखा खोल्दै वाणिज्य बैंक

झलारीमा नयाँ शाखा खोल्दै वाणिज्य बैंक

ट्याक्स खबर
शुक्रवार, जेठ २३ २०८२
ट्याक्स खबर
शुक्रवार, जेठ २३ २०८२
  • images

    काठमाडौं — राष्ट्रिय वाणिज्य बैंकले शुक्लाफाँटा नगरपालिका–१०, झलारीमा आफ्नो ३०० औं शाखा कार्यालय सञ्चालनमा ल्याउँदै सेवा विस्तार गरेको छ। नयाँ शाखाको उद्घाटन सँगै बैंकले स्थानीय ग्राहकहरूलाई सबै सेवा उपलब्ध गराएर बैंकिङ पहुँचलाई अझ सहज बनाउने लक्ष्य राखेको छ।  

    झलारी शाखा प्रमुख पुरुषोत्तम लेखकका अनुसार, शाखाले सुविधा कर्जा र अन्य सबै खालका नियमित बैंकिङ सेवा प्रदान गर्ने छ। अहिलेको अवस्थामा एटीएम सुविधा बाहेक बाँकि सबै सेवा उपलब्ध छन्। बैंकमा खाता खोल्नको लागि सामान्य सेवाग्राहीले रु १,००० तिर्नुपर्नेछ भने विद्यार्थीहरुले निःशुल्क खाता खोल्न मिल्ने व्यवस्था बनाइएको छ। नयाँ शाखाको औपचारिक उद्घाटन भने केही समयपछि गरिने बैंकले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend