लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच सहकार्य, साना तथा मझौला उद्यमलाई डिजिटल माध्यमबाट कर्जा

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच सहकार्य, साना तथा मझौला उद्यमलाई डिजिटल माध्यमबाट कर्जा

ट्याक्स खबर
शनिवार, जेठ ३० २०८३
ट्याक्स खबर
शनिवार, जेठ ३० २०८३
  • images

    काठमाडौं। लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रालिबीच साना तथा मझौला उद्यमलाई डिजिटल माध्यमबाट सहज कर्जा उपलब्ध गराउने उद्देश्यले एक सम्झौता भएको छ। नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनलाई पछ्याउँदै दुई संस्थाबीच यो रणनीतिक सहकार्य भएको हो।

    यस सहकार्यमार्फत लक्ष्मी सनराइज बैंकका ग्राहकहरूले अब झन्झटिलो कागजी प्रक्रियाबिना नै डिजिटल प्रणालीबाट कर्जा आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन्।
    योग्य व्यवसायहरूले ईआरपी प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा अनलाइनबाटै कर्जा प्रक्रिया पूरा गर्न सक्ने छन्।

    इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली प्रयोग गर्ने र आइएमएस सफ्टवेयरमा आबद्ध भई तोकिएको मापदण्ड पूरा गरेका उद्यमहरू यस योजनाका लागि योग्य हुनेछन्।
    त्यस्तै, आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायकको रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउने छ।।

    यो प्रणाली लागू भएपछि कर्जा प्राप्ति प्रक्रिया सरल, छरितो र पारदर्शी हुने अपेक्षा गरिएको छ। डाटा आधारित मूल्यांकन प्रणाली अपनाइने भएकाले बैंकको कर्जा स्वीकृति प्रक्रिया थप प्रभावकारी हुनेछ।

    लक्ष्मी सनराइज बैंकले यो पहलले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नुका साथै नेपाली व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेको छ। बैंकको बैंकिङ विशेषज्ञता र आइएमएस सफ्टवेयरको प्राविधिक क्षमताको यो संयोजनले नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन र साना तथा मझौला उद्योगहरूको दिगो विकासमा टेवा पुर्‍याउने लक्ष्य राखिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend