नौ महिनामै एनसेलबाट सरकारलाई १४ अर्ब ५९ करोड राजस्व, स्थापनाकालदेखि साढे ३ खर्ब योगदान

नौ महिनामै एनसेलबाट सरकारलाई १४ अर्ब ५९ करोड राजस्व, स्थापनाकालदेखि साढे ३ खर्ब योगदान

ट्याक्स खबर
मंगलवार, आषाढ २ २०८३
ट्याक्स खबर
मंगलवार, आषाढ २ २०८३
  • images

    काठमाडौँ।  निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सरकारलाई १४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी राजस्व तथा विभिन्न शुल्क बुझाएको जनाएको छ। कम्पनीले कर, रोयल्टी, लाइसेन्स तथा अन्य नियामकीय शुल्क गरी ११ भन्दा बढी शीर्षकमा उक्त रकम राज्य कोषमा जम्मा गरेको हो।

    कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा सबैभन्दा ठूलो रकम जीएसएम लाइसेन्स शुल्क शीर्षकमा बुझाइएको छ। एनसेलले जीएसएम लाइसेन्स शुल्क बापत ३ अर्ब २९ करोड रुपैयाँ तिरेको छ।

    यस्तै, दूरसञ्चार सेवा शुल्क (टीएससी) बापत २ अर्ब १२ करोड रुपैयाँ तथा लाइसेन्स नवीकरण शुल्कको किस्ता शीर्षकमा २ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण को आग्रहमा कम्पनीले उक्त नवीकरण शुल्क निर्धारित समयभन्दा दुई महिना अगावै असार २६ गते नै बुझाएको जनाएको छ।

    एनसेलले फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब ९६ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) बापत १ अर्ब ७४ करोड रुपैयाँ, रोयल्टीबापत १ अर्ब २९ करोड रुपैयाँ तथा अग्रिम करबापत १ अर्ब २५ करोड रुपैयाँ सरकारलाई बुझाएको छ।

    त्यसैगरी भन्सार शुल्कमा १ अर्ब रुपैयाँभन्दा बढी, स्रोतमा कर कट्टी (टिडिएस) शीर्षकमा ८९ करोड ५४ लाख रुपैयाँ, ग्रामीण दूरसञ्चार विकास कोषमा ६४ करोड ९६ लाख रुपैयाँ तथा स्वामित्व करबापत ३४ करोड ९८ लाख रुपैयाँ योगदान गरेको कम्पनीले जनाएको छ। इन्टरनेट सेवा लाइसेन्स शुल्क शीर्षकमा २ लाख ७० हजार रुपैयाँ पनि भुक्तानी गरिएको विवरणमा उल्लेख छ।

    एनसेलका अनुसार कम्पनीले स्थापनाकाल आर्थिक वर्ष २०६१/६२ देखि गत आर्थिक वर्ष २०८१/८२ सम्म कुल ३ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढी कर, शुल्क र योगदान राज्यलाई बुझाइसकेको छ।

    कम्पनीले चालू आर्थिक वर्षको पहिलो नौ महिनामा गरेको योगदानले नेपालको अर्थतन्त्र, सरकारी राजस्व संकलन तथा दूरसञ्चार क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको देखाएको जनाएको छ।

    प्राधिकरणको आग्रहमा नवीकरण शुल्क 'अग्रिम' भुक्तानी
    नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको विशेष आग्रहलाई स्वीकार गर्दै एनसेलले यस वर्ष लाइसेन्स नवीकरण बापतको किस्ता शीर्षकमा २ अर्ब रुपैयाँ दुई महिना अगावै भुक्तानी गरेको थियो।

    प्राधिकरणलाई खुमलटारमा जग्गा खरिद गर्न रकम आवश्यक परेपछि हरेक वर्षको भदौ १५ गतेभित्र बुझाउनुपर्ने उक्त शुल्क एनसेलले असार २६ गते नै अग्रिम रूपमा भुक्तानी गरिदिएको विवरणमा उल्लेख छ।

    कुन शीर्षकमा कति राजस्व? (तालिका)

    चालू आर्थिक वर्षको नौ महिनामा एनसेलले बुझाएको करको मुख्य वर्गीकरण 

    क्र.सं. कर / शुल्कको शीर्षक बुझाइएको रकम
    १ जीएसएम लाइसेन्स शुल्क रु ३ अर्ब २९ करोड
    २ दूरसञ्चार सेवा शुल्क (TSC) रु २ अर्ब १२ करोड
    ३ लाइसेन्स नवीकरण शुल्क (अग्रिम किस्ता) रु २ अर्ब
    ४ फ्रिक्वेन्सी शुल्क रु १ अर्ब ९६ करोड
    ५ मूल्य अभिवृद्धि कर (VAT) रु १ अर्ब ७४ करोड
    ६ रोयल्टी रु १ अर्ब २९ करोड
    ७ अग्रिम कर (Advance Tax) रु १ अर्ब २५ करोड
    ८ भन्सार शुल्क रु १ अर्ब भन्दा बढी
    ९ स्रोतमा कर कट्टी (TDS) रु ८९ करोड ५४ लाख
    १० ग्रामीण दूरसञ्चार विकास कोष (RTDF) रु ६४ करोड ९६ लाख
    ११ स्वामित्व कर (Ownership Tax) रु ३४ करोड ९८ लाख
    १२ इन्टरनेट सेवा लाइसेन्स शुल्क रु २ लाख ७० हजार

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend