काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरूले पाउनेछन्।
लाभांशको मुख्य विवरण
बोनस सेयरः ४.२८ प्रतिशत
नगद लाभांश (कर प्रयोजनका लागि) : ०.२२ प्रतिशत
हालको चुक्ता पुँजी: रू २ अर्ब ३१ करोड


