अर्थमन्त्रीद्धारा ३६० वटाको अन्तःशुल्क खारेज :अन्यमा यथावत्

अर्थमन्त्रीद्धारा ३६० वटाको अन्तःशुल्क खारेज :अन्यमा यथावत्

बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • images

    काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत ३६० वस्तुको अन्तःशुल्क खारेज गरे पनि बाँकी वस्तुको अन्तःशुल्क दरबन्दी कायम गरेको छ। गत जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेटमार्फत ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरे पनि बाँकी वस्तुको दरबन्दी कायमै राखेका छन्। 

    सरकारले १४ सय वस्तुमा लाग्दै आएको अन्तःशुल्कमध्ये आगामी आवबाट ३६० वस्तुको अन्तःशुल्क खारेज भए पनि बाँकी रहेका वस्तुको अन्तःशुल्क दरबन्दी यथावत् राखेको हो। 

    अर्थमन्त्री वाग्लेले आगामी आवको बजेटमा सख्खर ९गुँड र भेलीसमेत०, गुँडगट्टा प्रतिक्विन्टल १४० रुपैयाँ, उसुको खुदो प्रतिक्विन्टल ११५ रुपैयाँ, अन्यअन्तर्गत पर्ने प्रतिक्विन्टल ११५ रुपैयाँ, चिनीले छोपेको वा नछोपेको वा मिठो लेप लगाएको वा नलगाएको चुइँगम २२ प्रतिशत, अन्यमा २२ प्रतिशत अन्तःशुल्क दरबन्दी कायम गरेका छन्। 

    गोलभेडाको रस (जुस), ब्रिक्स मूल्य ३० ननाघेको, अन्य क्यानबेरी (भ्याक्सिनियम म्याक्रोकार्पन, भ्याक्सिनियम अक्सिककस)को रस(जुस) लिंगनबेरी (भ्याक्सिनियम भाइटिस आइडाइअ)को रस (जुस), अन्य र रस (जुस)का मिश्रणमा प्रतिकिलो १४ रुपैयाँ दरबन्दी कायम भएको छ।

    यसैगरी २ केजीभन्दा बढी तौलको ढिका (ब्लक), बाक्लो पातल (स्ल्याब) वा डन्डी (बार)को रुपमा रहेका अन्य परिकार वा २ केजीभन्दा बढी तौल भएको तरल, माडा धुलो, दानादार वा अन्य ठूलो परिमाण (बल्क)को रुपमा भाँडामा राखिएका वा तुरुन्त वेष्ठन गरिएको (इमिडियट प्याकिङ), अन्य ढिका, बाक्लो पाता वा डन्डीको भरिएको वा नभरिएको द्वैको २२ प्रतिशत अन्तःशुल्क दरबन्दी कायम गरेका हुन्। 

    यस्तै, पूर्णतः निः स्नेहित (डिक््याटेड) आधार (बेसिस) मा गणना गरिँदा, तौलमा कोकोको मात्रा ६ प्रतिशतभन्दा बढी भएको वा ६ प्रतिशत नभए पनि पूर्ण रुपमा चकलेटले बाहिरपट्टी लेपित (कोटेड) गरिएको शीर्षक १९.०४ का उत्पादनमा २२ प्रतिशत र अन्यमा २२ प्रतिशत अन्तःशल्क दरबन्दी कायम गरेका छन्। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend