प्रधानमन्त्री बालेन्द्र साहको रिसोर्ट शुल्क ९ लाख १२ हजार रुपैयाँभन्दा बढी कसले तिर्छ ?

प्रधानमन्त्री बालेन्द्र साहको रिसोर्ट शुल्क ९ लाख १२ हजार रुपैयाँभन्दा बढी कसले तिर्छ ?

बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह गत आइतबार असार ७ गते श्रीमती र छोरीसहित चितवन पुगेका हुन् ।

    उनि चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा हालै निर्माण सम्पन्न भई सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बसेका हुन् ।

    उक्त रिसोर्ट ६ असारदेखि चार दिनका लागि बुक गरिएको थियो तर उनि ७ गतेदेखि ९ गतेसम्म बसेको र १० गते फर्किएकाले रिसोर्टले एक दिन सुरक्षाका लागि आफैले तयारी गर्नुपरेकाले बसेको ३ दिनको मात्र ९ लाख १२ हजार रुपैयाँ कोठा भाडा रहेको उल्लेख गरेको छ ।

    ba.jpg

    खाना, पानी खाजा सहितको बिल तयारीको क्रममा रहेको र सम्बन्धित कार्यालयले माग गरे उपलब्ध गराउने रिसोर्टले जनाएको छ ।

    अहिले नै सबै बिल तयार नभएको रिसोर्टको दाबी छ । यो प्रधानमन्त्री कार्यालयबाट बुकिड. भएको हो कि रास्वपा कार्यालयबाट ? यो प्रश्न ट्याक्स खबरले गर्दा रिसोर्टले अहिले सबै खुलाउन चाहेन तर प्रधानमन्त्री कार्यालयले भने रास्वपाको कार्यक्रममा गएकाले विमान शुल्कदेखि चितवनका सम्पूर्ण खर्च सम्बन्धित पार्टी कार्यालयले नै तिर्ने भएको जानकारी दिएको छ । 

    cen.png

    रिसोर्टको प्रति रातको १ कोठाको २५,०००रुपैयाँ परेपनि प्याकेजमा प्रतिकोठा १९ हजार रुपैयाँ तोकिएको थियो । 

    रिसोर्ट स्रोतका अनुसार १६ वटा कोठा चार दिनका लागि पूर्ण रूपमा आरक्षित गरिएको हो । जसमध्य १३ वटा कोठामा पाहुना रहने र बाँकी ३ कोठा आवश्यकताअनुसार प्रयोग गरिएको हो । 

    अहिले रास्वपाका अन्य व्यक्तिहरु पनि रहनु भएकाले सबै हिसाब गरेर सबै बिल महाधिवेशनपछि मात्र उपलब्ध हुने  छ ।

    प्रधानमन्त्री साहको बसाईलाई ध्यानमा राख्दै रिसोर्टमा सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रधानमन्त्री पुग्ने १ दिन अघि देखि नर्फकुन्जेल नेपाली सेना र प्रहरीको टोलीले सुरक्षा कडाई गरेको हो । 

    रास्वपा महाधिवेशन उद्घाटनस्थलबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा उक्त रिसोर्ट अवस्थित छ । रिसोर्ट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी र सिद्धि जाने सडकको चोकमा पर्छ ।

     

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend