आज एकै दिन ३३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन

आज एकै दिन ३३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन

बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • images

    काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार १० गते अर्थात हिजो एकै दिन ३३ अर्ब ६२ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार उक्त दिन कर तथा गैरकर राजस्व गरी यो रकम संकलन भएको हो।

    हिजो असार १० गतेसम्म चालु आर्थिक वर्षमा कुल राजस्व संकलन ११ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यसमध्ये कर राजस्वको हिस्सा सबैभन्दा ठूलो रहेको छ भने गैरकर राजस्वबाट पनि उल्लेख्य रकम प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक ओम प्रसाद रिजालले जानकारी दिए ।

    सरकारले चालु आर्थिक वर्षका लागि करिब १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि हालसम्म लक्ष्यको करिब तीन चौथाइ मात्र उपलब्धि हासिल भएको देखिएको छ।

    आर्थिक वर्षको अन्तिम महिना असारमा राजस्व संकलनको गति बढ्ने परम्परा रहेकाले बाँकी अवधिमा राजस्व वृद्धि हुने अपेक्षा गरिएको रिजालले उल्लेख गरे ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend