काठमाडौं । अब बागमती प्रदेशमा अनलाइनबाटै कर तिर्ने व्यवस्था लागु भएकाले ब्लुबुक नवीकरणको लागि यातायात कार्यालय जानु नपर्ने भएको छ ।
नयाँ प्रदेश आर्थिक विधेयक, २०८३ मार्फत प्रदेश सरकारले अनलाइन व्यवस्था लागु गरिएको बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौडाले जनाएको छ ।
कार्यालयका प्रवक्ता असिम घिसिड. लामाका अनुसार सवारीधनीहरूका लागि सबैभन्दा ठुलो राहतको रूपमा बागमती प्रदेशले भौतिक ब्लुबुक (सवारी दर्ता किताब) नवीकरणको झन्झट अनलाइनद्धारा सहज भएको हो ।
प्रदेशको यातायात सम्बन्धी विषयगत मन्त्रालयले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ ।
त्यस्ता माध्यमबाट सवारी कर तिरेको भुक्तानी भीआरएसमा देखिएमा र सोको निस्सा जारी भएमा सवारी दर्ता किताब (ब्लुबुक) भौतिक रूपमा नवीकरण गराउन आवश्यक नपर्ने व्यवस्था आर्थिक ऐनमा गरिएको लामाले उल्लेख गरे ।


