आइक्यानको उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा गरिमा विकास बैंकलाई सिल्भर सम्मान

आइक्यानको उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा गरिमा विकास बैंकलाई सिल्भर सम्मान

ट्याक्स खबर
बिहिवार, आषाढ १८ २०८३
ट्याक्स खबर
बिहिवार, आषाढ १८ २०८३
  • images

    काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड-२०२५ अन्तर्गत गरिमा विकास बैंक लिमिटेडले विकास बैंक समूहमा सिल्भर अवार्ड प्राप्त गरेको छ।

    विभिन्न संस्थाले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका मापदण्डका आधारमा आइक्यानले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा विकास बैंक समूहबाट गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित भएको हो।

    काठमाडौंमा आयोजित एक समारोहमा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय तथा लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गरे।

    बैंकले यो सम्मानलाई आफ्नो वित्तीय पारदर्शिता, सुशासन र उच्चस्तरीय वित्तीय प्रतिवेदन प्रणालीप्रतिको प्रतिबद्धताको कदरका रूपमा लिएको जनाएको छ।

    हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend