काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत काँस्य पुरस्कार प्राप्त गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आयोजना गरेको एक विशेष समारोहका बीच माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गरेका हुन्।
बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासलाई आत्मसाथ गरेको भन्दै आईक्यानले सो सम्मान प्रदान गरेको हो।
ूयस सम्मानले संस्थागत सुशासन, वित्तीय अनुशासन, पारदर्शिता तथा अन्तर्राष्ट्रियस्तरका वित्तीय प्रतिवेदन मापदण्डको प्रभावकारी कार्यान्वयन गर्दै सरोकारवालाप्रति उत्तरदायी रहने बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ,ू बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकिङ क्षेत्रमा पारदर्शिता र उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरी यस्तो प्रतिष्ठित अवार्ड जित्नु बैंक र यसका सम्पूर्ण सरोकारवालाहरूका लागि एउटा गर्वको क्षण हो। माछापुच्छ्रे बैंकले आधुनिक, सुरक्षित र ग्राहकमैत्री प्रविधिमा आधारित बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।


