सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिनाका कारण इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ

सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिनाका कारण इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ

आइतवार, आषाढ २१ २०८३
आइतवार, आषाढ २१ २०८३
  • images

    कीर्तिपुरस्थित सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिना भएको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्कुलमै कार्यरत इन्स्पेक्र तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा छन् । उनीहरुलाई हिजो शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको भनाई छ। 

    सशस्त्र प्रहरी हेडक्वाटरले आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि परिसर काठमाडौंलाई पत्र लेखेको थियो । त्यसपछि परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    स्कुलको ठूलो रकम हिनामिना गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ । सशस्त्र स्कुलको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर करोडौं रकम हिनामिना गरेको आरोप छ ।
    यसको मुख्य योजनाकार नै लेखा प्रमुख गुरुङ रहेको बताइएको छ ।

    यसबारे सुरुमा सशस्त्र हेडक्वाटरले छानबिन गरेको थियो । छानबिनको क्रममा उनीहरु दोषी देखिएपछि प्रहरीलाई अनुसन्धान गरेर मुद्दा चलाउन भन्दै सशस्त्रले पत्र पठाएको थियो ।


    मुख्य योजनाकार भनिएकी गुरुङ विगत ६ वर्षदेखि उक्त स्कुलमा लेखापालको रुपमा काम गरिरहेकी छिन् । यो प्रकरणमा कल्याण शाखामा कार्यरत महेन्द्र हमाल पनि छानबिनमा तानिएका छन् ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend