काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ दिएको छ ।
विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको हो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडी लगायतमाथि दायर मुद्दामा विशेष अदालतले सबै आरोपितहरूलाई सफाइ दिएको हो ।
मुद्दा दर्ता हुँदा पहाडी प्रबन्धनिर्देशक थिइन्। जसका कारण सोही मितिदेखि उनी निलम्बित थिइन्। अब उनि प्रबन्धनिर्देशकमा फर्कने बाटो खुल्यो ।
उनीहरुबाहेक टेलिकमसँग बिलिङ मर्मतसम्भार ठेक्काको सम्झौतामा संलग्न एसिया इन्फो कम्पनीका साथै त्यसका वरिष्ठ निर्देशक लङ योङ्ग, एसिया इन्फोको काठमाडौं कार्यालयका तत्कालीन प्रोजेक्ट म्यानेजर ह्यवाङ वेइ (एल्लो), स्थानीय एजेन्ट अरनिको इन्टरनेसनलका निर्देशक शैलेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो।


