कुमारी बैंकद्वारा बाजुराका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन सहयोग

कुमारी बैंकद्वारा बाजुराका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन सहयोग

ट्याक्स खबर
शुक्रवार, आषाढ २६ २०८३
ट्याक्स खबर
शुक्रवार, आषाढ २६ २०८३
  • images

    काठमाडौं। कुमारी बैंक लिमिटेडले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्रमा पर्ने गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास र सुदृढीकरणका लागि उक्त सहयोग गरेको हो।

    बैंकको गौमुल शाखाको सक्रियता र गाउँपालिकासँगको समन्वयमा ती टेलिभिजनहरू हस्तान्तरण गरिएको हो। ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्द्धन गर्ने, विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

    भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोतसाधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

    शिक्षालाई हरेक बालबालिकाको आधारभूत अधिकार मान्दै बैंकले ग्रामीण तथा सहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोतसाधनको असमानता न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू ल्याउँदै आएको उल्लेख गरेको छ। उपलब्ध गराइएका स्मार्ट टेलिभिजनमार्फत दुर्गमका विद्यार्थीहरूले पनि डिजिटल सामग्री र श्रव्य–दृश्य माध्यमबाट सहरी क्षेत्रका विद्यार्थीसरह आधुनिक प्रविधिमा आधारित शिक्षा पाउने विश्वास बैंकको छ।

    ुसमुदायका लागि कुमारी बैंकु भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। हाल बैंकले देशभरका २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटिएम र ४० शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend